क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल)ले संयुक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । संसदीय व्यवस्थाको स्थापनादेखि नै संस्थागत भ्रष्टाचारका जराहरू गाडिएको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल)ले भष्ट्रचार तथा नागरिकता बिद्येयक बिरुद्ध कार्यक्रम सार्वजनिक गरेका हुन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन बैद्य किरण र नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले जारी गरेको बिज्ञप्तिमा ‘नोकरशाही दलाल संसदीय व्यवस्था स्थापना भएपछि यसको चरित्र अनुसार नै लाउडा काण्ड, सुनकाण्ड, मेलम्ची ओम्नी, यती, ललिता निवास, वाईड बडी, सेकुरिटी प्रेस लगायतका सयौँ भ्रष्टाचारका काण्डहरू घटेका छन् ।’ – भनिएको छ ।– ‘पछिल्लो समयमा सरकारमा बसेका मन्त्री, साँसद, नोकरशाह र संसदवादी राजनीतिक पार्टीका नेताहरूसहितको सङ्गठित गिरोहहरू मानव तस्करीमा सक्रिय सहभागिहुनुले अन्तर्राष्ट्रिय रूपले नेपालको बदनाम भएको छ र सिङ्गो नेपाली नागरिकको प्रतिष्ठामा आँच आएको छ । यो देशका लागि अक्षम्य राष्ट्रघात र जनविरोधी हर्कत हो । भुटानी शरणार्थीहरूको कोटामा नक्कली भुटानी बनाई नेपालीहरूलाई अमेरिका छिराउनु राष्ट्रिय स्वाभिमान गुमाउनु मात्र भएको छैन ईतिहास सबैभन्दा लज्जास्पद विषय भएको छ ।’ –उल्लेख छ ।
ती दुई पार्टीले भ्रष्टाचारीहरूमाथि कार्यवाही गर्न सरकारलाई दवाव दिन र उक्त विधेयक खारेज गराउन कार्यक्रम तालिका वैशाख ३० गते – प्रदर्शन सहित आमसभा – शान्तिबाटीका (काठमाडौँ) जेष्ठ १ गते पोखरा जेष्ठ २ गते बुटवल जेष्ठ ३ गते सुर्खेत जेष्ठ ३ गते हेटौँडा जेष्ठ ४ गते धनगढी जेष्ठ ४ गते विराटनगर जेष्ठ ५ गते जनकपुर सम्पूर्ण जिल्लाहरूमा प्रदर्शन र आमसभा गर्ने जनाएका छन् ।
त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का प्रतिनिधिमण्डलद्वारा नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई सम्वोधन गरी लेखिएको ज्ञापन पत्रमा पूर्व राष्ट्रपतिबाट प्रमाणीकरण नगरिएको विधेयकवारे वर्तमान राष्ट्रपतिबाट त्यसउपर परामर्श थालिएकोमा त्यसवारे विरोध जनाउदै उक्त ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रमा किन राष्ट्रपतिबाट प्रमाणीकरण नगर्ने त्यसका आधारहरुलाई र उक्त विधेयकमा देखिएका त्रुटीहरुलाई स्पष्टसँग औल्याएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य सिपी गजुरेल र प्रबक्ता धर्मेन्द्र बास्तोला र मशालका महासचिव सन्त बहादुर नेपाली र पोलिटब्युरो सदस्य चिन्तामणी पौडेल सहितको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको हो ।

 

प्रतिक्रिया दिनुस