कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको शुक्लाफाँटा र आयूडिपीका आगजात नियन्त्रणमा लिएको छ । एसियाली विकास बैंक(एडिबी)को आर्थिक सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन सहयोग इकाई(आरयूडिपी)का कागजात अख्तियारले नियन्त्रणमा लिएको हो ।

उक्त परियोजना अन्र्तरगत शुक्लाफाँटा नगरपालिका ११अरमपुर(कलुवापुर)मा रहेको कृष्ण सामुदायिक वनमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै छ ।

वनभित्र ५ हेक्टर भन्दा बढि वन प्रयोग गर्दा विस्तृत वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन बनाउनुपर्ने भएपनि ४.९हेक्टर कागजात देखाएर १० हेक्टर बढि वन क्षेत्र लिन खोजेको आरोपमा अख्तियारमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले कागजात नियन्त्रणमा लिएको स्रोतले बताएको छ । शुक्लाफाँटा नगरपालिकाले यस अघि नै पुरै कानुनी प्रकृया पुरा गरेर मात्रै वनभित्र एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण शुरु गरिएको जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुस