कञ्चनपुर । पश्चिम नेपालको महाकाली कोरिडोर प्रदेशको बहुचर्चित योजना हो । कञ्चनपुरको ब्रम्हदेबदेखि दार्चुलाको तिङकरसम्म निर्माण हुने महाकाली कोरिडोर सडक निर्माणको काम शुरु भएको छ । भीमदत्त नगरपालिका ९ ब्रम्हदेबदेखि उत्तर कञ्चनपुरको क्षेत्रमा यस अघि अबरुद्ध भएको महाकाली कोरिडोरको काम फेरी शुरु भएको हो ।

तीन बर्ष अघि महाकाली कोरिडोर अन्तर्गत ब्रम्हदेबदेखि डडेल्धुराको सीमा कौवानीसम्म झण्डै ११ किलोमिटर सडक विस्तारका लागि ठेक्का भएको थियो । तर, सडकमा पर्ने रुख कटानीको आदेश नपाएपछि काम रोकिएको थियो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल(प्रचण्ड) प्रधानमन्त्री भएपछि रुख कटानी आदेश रोकिएसंगै सडकको कामले गति लिएको छ ।

आर्थिक बर्ष ०७७÷०७८मा दिवा सन्नीदेव जेभीले महाकाली कोरिडोर अन्र्तरगत ब्रम्हदेबदेखि कौवानीसम्म ११ सहित त्यो भन्दा पनि पर १५ किलोमिटरसम्म ट्याक खोल्नका लागि ठेक्का पाएको थियो । वर्तमान प्रंधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले रुख काट्ने अनुमती दिएसंगै रोकिएको काम शुरु भएको छ ।

तर सडकमा पर्ने रुख काट्नका लागि अनुमती नपाएपछि काम रोकिएसंगै फेरी बैशाख दोस्रो सातादेखि काम शुरु भएको छ । सडकमा पर्ने १ हजार ९५५ रुख काट्नका लागि गत १५ फागुन ०७९मा साना ठुला रुख काट्न दिने निर्णय भएसंगै सडक विस्तार कार्य अघि बढेको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले डिभिजन वन कार्यालय अन्र्तरगत पोल सहित ७ सय ९३ रुख र सिद्धनाथ सामुदायिक वन अन्र्तरगत पोल सहित १ हजार, १६१ का्टनका लागि अनुमती पाएको बताए । ‘हामीले त्यहाँ वनकै कर्मचारी नियमित खटाएका छौँ, ‘सडकमा पर्ने रुख काटेर घाटगद्दी गर्न अनुमती दिएका छौँ ।’

महाकाली राजमार्ग (ब्रम्हदेब–झुलाघाट–टिंकर सडक) योजना प्रमुख लक्ष्मणदत्त जोशीले कञ्चनपुर खण्डमा पर्ने रुख काट्ने अनुमती पाएसंगै सडक निर्माण कार्य अघि बढेको बताए । सडक योजना प्रमुख लक्ष्मणदत्त जोशीले ब्रम्हदेब जिरो प्वाईन्टदेखि उत्तर डडेल्धुरासम्म ११किलोमिटर सडक विस्तार गरिने बताए । ‘सडकमा पर्ने रुख काट्न अनुमती पाएसंगै निर्माण कम्पनीले काम अघि बढाएको छ, ‘उनले भने, ‘११किलोमिटर सडक चौडाईसंगै सडक विस्तार हुनेछ ।’ महाकाली नदी किनारै किनार कञ्चनपुर टु दार्चुला जोड्ने उक्त सडक झण्डै डेढ दशकदेखि शुरु भएको थियो, कञ्चनपुर खण्ड भने रुख कटानी अनुमती बिना रोकिएको थियो । योजना प्रमुख जोशीका अनुसार ब्रम्हदेबदेखि उत्तर तुसरपानीसम्म ३सय ३४किलोमिटर सडक आयोजना र त्यहाँदेखि उत्तरतिङकरसम्म ९१ किलोमिटर नेपाली सेनाले बनाउने जिम्मा पाएको छ ।

योजना प्रमुख जोशीले महाकाली कोरिडोरलाई त्रिदेशीय नाकाकै रुपमा विकास गर्नका लागि ब्रम्हेदबदेखि दक्षिण महाकाली पुल सहित सुख्खाबन्दरगाहसम्म थप १५किलोमिटर सडक विस्तारका लागि मन्त्रालयमा फाईल पेश गरिएको छ । हालसम्म डडेल्धुरा र दार्चुला झण्डै ३८किलोमिटर सडक कालोपत्रे भईसकेको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित रमेश लेखकले पनि ट्याक खोल्ने कार्यको स्थलगन अनुगमन गर्दै समयमै काम सम्पन्न गर्नका लागि सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएका छन । पुर्वमन्त्री समेत रहेका लेखकले महाकाली कोरिडोरलाई त्रिदेशीय नाकाकै रुपमा विकसित गराउनका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए । महाकाली कोरिडोर निर्माणसंगै स्थानीयलाई आवत जावतका साथै यस क्षेत्रको व्यापारले समेत फड्को मार्नेछ ।

भीमदत्त नगरका मेयर पदम बोगटीले महाकाली कोरिडोर निर्माणसंगै कञ्चनपुर सहित प्रदेशकै सम्बृद्धि हुने अपेक्षा राखेका छन । दिवा सन्नीदेव जेभीका संचालक देवी भट्टले तोकिएकै सीमाभित्र काम गर्ने बताए । ‘आगामी कार्तिक सम्ममा सक्नुपर्ने काममा रुख कटानी आदेश ढिला पाउँदा केही चाप बढेको छ, ‘उनले भने, ‘रुख काटनी आदेश ढिला हुँदा समस्या भएको छ ।’ ट्याक खोल्नका लागि झण्डै ५ करोड बजेट रहेको छ । महाकाली कोरिडोरको काम शुरुभएसंगै यस क्षेत्रका उद्योगी व्यवसायी एव स्थानीय समेत हर्षित भएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले प्रदेशकै गौरबको योजना भएकाले समयमै निर्माण गर्नुपर्नेमा जोडदिए । ‘सडक निर्माणका लागि बजेट आवश्यक पर्छ, ‘उनले भने, ‘योजनाको आवश्यकता अनुरुप बजेट दिएर शिघ्र अघि बढ्नुपर्छ ।’ कैलालीको अत्तरिया, डोटी हुँदै घुमाउरो हिसाबले डडेल्धुरा, बैतडी र दार्चुला जानुपर्ने बाध्यता भएका स्थानीय समेत काम शुचारु भएसंगै छोटो बाटो भएर जान पाउने भएका छन । वर्तमान प्रचण्ड नेतृत्वको सरकारले एक्सन गरेपछि कामकाज अघि बढेको स्थानीयको समेत भनाई छ ।

प्रतिक्रिया दिनुस