सुवर्ण प्रशाद जोशी

प्रेस सेन्टर नेपाल कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कञ्चनपुरको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

मंगलबार एक कार्यक्रमका विच ‘सम्पूर्ण श्रमजिवी पत्रकारहरु एक हौँ, समाजवादको यात्रामा अघि बढौँ भन्ने मुल नाराका साथ महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बार्षिक साधारण सभामा शुभकामना मन्तव्य दिने अथितिले पछिल्लो समयमा प्रेस जगतमाथि थुप्रै चुनौती थपिएको बताउँदै प्रविधिको उच्चतम विकास प्रयोग गर्दै बेथितिका बिरुद्धमा शसक्त कमल चलाउनुपर्नेमा जोडदिएका छन ।

कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका सचिव समेत रहेका प्रेस सेन्टरका केन्द्रीय सचिव राजेन्द्र प्रशाद अवस्थीले पत्रकारको हकहितका लागि महासंघ र सेन्टरबाट आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।

कार्यक्रमका बिशिष्ठ अतिथि नेकपा माओवादी केन्द्र कञ्चनपुरका सचिव सहबिर सुनारले जनजिविका, दिगो विकास निर्माण एव समाजिक न्यायका पक्षमा प्रेस सेन्टरले विशेष भूमिका निर्वाहमा जोडदिए ।

कार्यक्तमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष रामसिह ठगुन्नाले सेन्टरले सुशासन, दिगो विकास र सम्बृद्धिका पक्षमा काम गर्नुपर्नेमा जोडदिएका छन ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष ठगुन्नाले पत्रकारको हकहितका लागि संगठनका तर्फबाट थुप्रै योजना ल्याउने बताएका छन । कार्यक्तममा रेडियोकर्मी सुजित सिनाल, टेलिभिजनकर्मी राजेन्द्र विष्ट र छापाकर्मी मोहन विष्टलाई कञ्चनपुरको संचार क्षेत्रमा भूमिका निर्वाह गरेको भन्दै प्रसंसा पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

प्रेस सेन्टर नेपाल कञ्चनपुरको साधारण सभाबाट केही पत्रकारलाई सदस्यता प्रदान गरिएको छ । सुजित सिनाल, कल्पना साउद, ईसु नेगी, आदित्य जोशी, भूपि उपाध्याय, प्रकास अवस्थी,पवन थापा र केशव थापालाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।

प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्टले संगठनलाई चुस्तदुरुस्त एव चलायमान बनाउँदै पत्रकारको पेशागत हकहित सुरक्षाका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल कञ्चनपुरका उपाध्यक्ष धर्मराज कठायतले स्वागत मन्तव्य राखेका थिए । प्रेस सेन्टर नेपाल कञ्चनपुरका सचिव भाष्कर केसीले संचालन गरेको कार्यक्रममा प्रेस सेन्टर नेपाल जिल्ला, प्रदेश एव केन्द्रका सदस्य एव पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस