कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका ३ कमरी गाँउमा सडक निर्माणमा अनियमितता भएको् केही स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिएका छन । सडक निर्माणमा अनियमितता भएको भन्दै केही स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दिएका हुन । स्थानियहरुले सडक निर्माणमा अनियमितता भएको भन्दै बाध्य भएर अख्तियारमा उजुरी दिएका छन ।

बलुरानाको घरदेखि जगदिश रानाको खेतसम्म सडक स्तरोन्नती (ग्राभिल)मा अनियमितता गरेर गुणस्तहिन सडक निर्माण भएको भन्दै छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

संलग्न उपभोक्ता समिति, पदाधिकारी, कर्मचारी एव जनप्रतिनिधीलाई कानुनी दायरमा ल्याउनुपर्ने माग अघि सारेका छन । ग्राभिल हाल्नुपर्नेमा बालुवा हालेर बजेट पचाउन खोजिएको भन्दै यस अघि नै स्थानीयले बिरोध गरेका थिए । अख्तियारले समेत उक्त सडक बिरुद्धमा परेको उजुरीको छानबिन गर्ने उजुरीकर्तालाई आश्वासन दिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुस