कञ्चनपुर । कञ्चनपुरको एक निजी शैक्षिक संस्थाका प्रिन्सिपलले विद्यार्थीमाथि कुटपिट गरेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको एसके ईन्सिच्युटका प्रिन्सिपल अशोक राज पनेरुले विद्यार्थीमाथि कुटपिट गरेका हुन । सोमबार बिहान सर्वे ईन्जिनियर (अमिन)का विद्यार्थी कमल धानुकलाई गृहकार्य नगरेको भन्दै कुटपिट गरेपछि घाईते भएका विद्यार्थी न्यायका लागि प्रहरी कार्यालयमा पुगेका छन ।

विद्यार्थी कमल धानुकले गृहकार्य नगरेको भन्दै प्रिन्सिपल पनेरु सरले झपड हानेपछि कानमा चोट लागेको बताए । ‘कानमा चोट लागेको छ, कम सुनिरहेको छु, दुखिरहेको छ, ‘महाकाली र फाईफकेयर अस्पतालमा उपचार गराएको छ, डाक्टरले पनि ६ कानमा रगत जमेको देखायो, ६ महिनासम्म औषधी खानु भएको छ ।’

आफुलाई यस अघि पनि कुटपिट भएको दुखेसो पोखे । बझाङ्गका स्थानीय समेत रहेका विद्यार्थी धानुक महेन्द्रनगर बस्दै आएका छन । घाईते विद्यार्थीले आफु उक्त विद्यालयमा पठन पाठनका लागि वातावरण नभएको भन्दै पढ्ने वातावरण मिलाईदिनुपर्ने, र उपचार गरिदिनुपर्ने माग अघि सारेका छन ।

घाईते विद्यार्थीका आफन्त रमेश धानुकले पटक पटक विद्यार्थीमाथि कुटपिट जस्ता घटना दोहोरिएको बताए । ‘यस अघि पनि कमल माथि कुटपिट भएको थियो, ‘हामीले शिक्षक विद्यार्थीविच यस्ता घटना हुने नै हुन भनेर केही गरेनौँ, अहिले पनि प्रिन्सिपलबाट कुटपिट भएपछि कोठामा चुकुन लगाएर बस्दै थियो ।’

धानुकले घाईतेको उपचार पढ्ने वातावरण मिलाईदिनुपर्नेदेखि घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । विद्यार्थी संघ संगठनहरुले समेत विद्यार्थी कुट्ने घटनाको छानबिन हुनुपर्ने बताएका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष भुवन सिह विष्टले कुनैपनि बहानामा विद्यार्थीमाथि कुटपिट गर्न नपाईने बताए ।

अनेरास्ववियूका अध्यक्ष प्रज्वल कुँवरले समेत घटनाको निष्पक्ष छानबिन गरेर कार्बाही हुनुपर्ने बताए । अनेरास्ववियुका अध्यक्ष कमल रोकायाले समेत घटना दुखत भएकाले छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारे । घटनाका बारेमा प्रिन्सिपल अशोक राज पनेरुसग पटक पटक सम्र्पक गर्न खोज्दा सम्पर्क हुन सकेन । कञ्चनपुरमा शिक्षकले विद्यार्थी कुट्ने घटना नरोकिएपछि अभिभावक चिन्तित भएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले घटनाबारे दुवै पक्षसंग सोधपुछ भईरहेको बताए ।

प्रतिक्रिया दिनुस