कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख किशोर कुमार मेहताविच विवित विषयमा छलफल भएको छ । मंगलबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाँउमा बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख किशोर कुमार मेहताविच विवित विषयमा छलफल भएको हो ।

छलफलका क्रममा बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले निकुञ्ज भएर बेलडाँडीदेखि सदरमुकाम जोड्ने दैजी बेलडाँडी हुलाकी सडकखण्डमा आम यात्रुको सुरक्षा एव सहज यात्रा सहितका विवित निकुञ्जसंग जोडिएको विषयमा बारे निकुञ्ज प्रमुख मेहतालाई जानकारी गराएका छन ।

दैजीदेखि बेलडाँडीसम्म झण्डै १५किलोमिटर निकुञ्ज(जंगल) क्षेत्रमा जंगली जनावरबाट यात्रुमाथि हुने आक्र्रमण, बेलडाँडी र बण्डीखेडा नेपाली सेनाको चेकपोष्टमा यात्रुमाथि हुने झन्झट हटाई आधुनिक प्रणालीबाट सहज यात्राका लागि वातावरण तय गर्नुपर्नेमा जोडदिएका छन ।

निकुञ्ज क्षेत्रको उक्त सडक प्रवेस गर्दा चेकजाँच टाईमकाण्डले यात्रु समस्यामा पर्ने भएकाले बेलडाँडी गाँउपालिकाले दुवै क्षेत्रमा सिसिभिटी जडान गरिदिने भएको छ । निकुञ्ज क्षेत्र अर्जुनी र चाँन्देवमा यात्रुका लागि सहजता अपनाईएको छ ।

अर्जुनीमा सिसिटिभी क्यामेरा र चान्देवमा ईन्ट्री सहज गरेतापनि निकुञ्ज प्रशासनले बेलडाँडी र बण्डीखेडामा टाईमकार्ड प्रयोगले यात्रुमाथि झन्झट थपिएको जनगुनासो बढिरहेपछि गाँउप्रमुख रानाले निकुञ्ज प्रमुख महतालाई भेटेर अहिलेको युगमा समेत सेनाबाट नागरिकमाथि संकटकालिन व्यवहार भएको विषयमा ध्यानाकर्षण गराएका छन ।

बेलडाँडी र बन्डीखेडामा वरपर लामो दुरीमा सवारी साधन राखेर टाईमकार्ड लिनुपर्ने झन्झट रहेको छ । यसका साथै नापी, ग्रिनबेल्ट, निकुञ्ज संरक्षण सहितका विवित विषयमा छालफल भएको छ । छलफलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव विष्ट सहित सहभागि थिए ।

बेलडाँडी गाँउपालिका प्रमुख रानाले अघि सारेका विषयमा निकुञ्ज प्रमुख मेहताले नागरिक स्तरबाट आएका विषय अघि सार्दै सहज यात्रादेखि अन्य विषयमा सहजिकरण गरेर अघि बढ्ने बताएका छन ।

प्रतिक्रिया दिनुस