बैतडी असोज ११ ,बैतडीको पाटन नगरपालिकामा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन्। महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको ना ४ ख ४०१९ नम्बरको महाकाली यातायातको बस गएराती साढे तीन बजे पाटन नगरपालिका ६ को लोर्खामा दुर्घटना हुँदा २१ जना घाईते भएको प्रहरीले जनाएको छ। घाईते भने ६ जनाको अवस्था गम्भीर रहेकाले उनीलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रवक्ता प्रहरी निरिक्षक किसन चन्दले जानकारी दिए। घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड ,गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउँद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान रहेका छन् ।

अन्य घाईतेहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको चन्दले बताए। बसमा ३० जना सवार रहेका थिए। तिव्र गतिको बस अनियन्त्रीत भएर दुर्घटना हुँदा सडकबाट १० मिटर तल खेतमा खसेको बताए। चालक फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस