कञ्चनपुर असोज ११ , कञ्चनपुरका निजी बोडिङ्ग स्कूलहरु बिध्याथीलाई बसमा सिट क्षमता भन्दा बढी बोक्ने गरेको देखिएको छ । विध्यार्थीबाट बस बाफतको चर्को शुल्क उठाउने गरेको भए पनि बोडिङ्ग स्कूलमा सुविधाको लागि भनेर राखेका स्कुल बसहरु सिट क्षमता भन्दा बढी बिध्याथी लाई बसमा कोचेर बोक्ने गरेको पाईएको छ ।

सिट क्षमता भन्दा बढी विध्यार्थी बोकेको दृश्य अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदले हाम्रो कालापननी खवर लाई पठाएका छन । नेता साउदले तत्काल सम्बन्धित निकायले र्कावाही नगरे अखिल क्रान्तिकारीले र्कावाही गर्ने बताएका छन ।

निजि बिध्यालयले अभिभावकबाट ढाड सेक्ने गरि पैसा असुल्ने गरेपनी त्यो अनुसारको सेवा सुबिधा नदिएको गुनासो समेत ब्यक्त गरे । यस्तो निजी बोडिड़ स्कूलको चर्ती कला देख्दा समेत सम्बन्धित निकाय मौन रहेका छन ।

प्रतिक्रिया दिनुस