चितवन असोज ११ , नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि शनिबार चितवनमा निर्घात कुटपिट भएको छ। उनलाई निर्घात कुटपिट पछि चितवन प्रहरीले उद्दार गरेको छ। अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो।

तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपासम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका थिए। लगतै शाहीमाथि कुटपिट भएको बताइएको छ।चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो। उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुस