लाल ब. एसके
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापकलाई सम्मान गरिएको छ ।
पुनर्वास नगरपालिका २ मोतीबस्तीमा रहेको सरस्वती माध्यामिक विद्यालयका प्रद्यानाध्यापक जितेन्द्र पौडेललाई सम्मान गरिएको हो ।
पुनर्वास नगरपालिकाले प्रअ पौडेललाई सामुदायिक विद्यालयको स्तरबृद्धि गरेको भन्दै सम्मान गरेको छ ।
पुनर्वास नगरपालिकाको १३औँ नगर अधिवेशन कार्यक्रममा प्रअ पौडेललाई प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो । पुनर्वास नगरका प्रमुख तोया प्रशाद शर्माले प्रअ पौडेललाई प्रमाण पत्रका हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरेका छन । प्रअ पौडेलले उक्त सरस्वती माविको प्रअ भएपछि विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गरेपछि २, ३सय मात्रै विद्यार्थी हुने उक्त विद्यालयमा हजार बढि विद्यार्थी रहेका छन । उक्त विद्यालयमा अग्रेजी माध्यमबाट गुणस्तरिय पठन पाठन हुने भएपछि पछिल्ला बर्षहरुमा विद्यार्थीको आकर्षण बढिरहेको छ । नगरपालिकाबाट सम्मानित भएका प्रअ जितेन्द्र पौडेलले सम्मानबाट उत्प्रेरणा मिलेको बताउँदै थप शैक्षिक बृद्धि विकासका लागि पहल गर्ने प्रण गरेका छन ।

प्रतिक्रिया दिनुस