कञ्चनपुर । अखिल क्रान्तिकारी कञ्चनपुरका एक विद्यार्थी नेताले दुर्घटनामा परेर घाईते भएका पत्रकार आचार्य कृष्ण दमाईलाई पौष्टिक तत्वयुक्त खाद्यान्न सहयोग गरेका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज किशोर भट्टले आफ्नो जन्मदिनको असरमा घाईते पत्रकार आचार्य दमाईलाई पौष्टिक तत्वयुक्त खाद्यान्न सहयोग गरेका हुन ।

क्रान्तिकारी विद्यार्थी नेता भट्टले जन्मदिनको असरमा फजुल खर्च गर्नुभन्दा समाजका लागि खटिने पत्रकार आचार्य कृष्ण दमाईलाई बुधबार राशन, फलफुल पौष्टिकतत्व सहितका खाद्यान्न सहयोग गरेका छन ।

क्रान्तिकारी नेता भट्ट जिल्ला बाहिर भएकाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका सहसचिव पहिलाद राना मार्फत घाईते पत्रकार दमाईको घरपरिवारलाई खाद्यान्न सहितका पौष्टिक तत्व हस्तान्तरण गरेका छन ।

क्रान्तिकारी नेता भट्टले चामल, दाल, नुन, तेल,फलफुल, बुष्ट, मासु उपलब्ध गराएका छन । दैनिक काम गरेर घर परिवारको गुजारा चलाउँदै आएका भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरका स्थानीय समेत रहेका पत्रकार दमाई सवारी दुर्घटनामा घाईते भएसंगै घरमा खाद्यान्न संकट भएपछि क्रान्तिकारी नेताले समाजिक काम गरेका हुन ।

उनले यस अघिपनि जन्मदिनको अवसरमा अनाथ बालबालिका, असाहयलाई शैक्षिक समाग्री, खाद्यान्न, फलफुल वितरण गर्दै आएका थिए । कोरोना महामारीका बेलामा समेत बिरामीलाई स्वास्थ्य सुरक्षा समाग्रीका साथै फलफुल सहयोग गरेका थिए ।

क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज एव केन्द्रीय सदस्य किशोर भट्टले दुर्घटनामा परेर घाईते पत्रकारको घरसायी अवस्था दयनिय भएकाले आधारभूत खाद्यान्नका साथै घाईते भएका बेला पौष्टिकतत्व सहयोग गरेको बताए ।

‘समाजका लागि काम गर्ने आचार्य समेत रहेका पत्रकार कृष्ण दमाईको स्वास्थ्य सुधार र आईपरेको समस्या टार्नका लागि सक्दो मानविय सहयोग गरेको छु, ‘उनले भने, ‘मेरो तर्फकाबाट उहाँ पत्रकार आचार्य कृष्ण दमाईजीलाई स्वास्थ्य लाभको कामना गर्दछु ।’

क्रान्तिकारी नेता भट्ट जिल्ला बाहिर हुँदा पनि दमाई परिवारमा संकट परेका बेला गरेको अतुलनिय सहयोगको घाईते पत्रकार दमाईको घरपरिवारले आभार प्रकट गरेको छ । घाईते पत्रकार आचार्य दमाईको घर परिवारले दलित समुदायको अधिकारका लागि लड्छु भन्ने अधिकारकर्मी, एनजिओकर्मी यस्तो संकटमा बेलामा समेत नहेरेको दुखेसो पोखेका छन ।

दलितको अधिकार भन्दै विदेशबाट डलर भित्र्राएर तारे होटलमा फजुल खर्च गर्नु भन्दा यस्ता संकट मृत्युको मुखमा पुगेका दलित समुदायका होनहोर आचार्य समेत रहेका पत्रकार दमाईको स्वास्थ्य र समस्यामा चिन्ता समेत व्यक्ति नभएको भन्दै दमार्ई परिवार दुखित भएका छन ।

धनीधनी दलित मान्छे केन्द्रीत आउने कार्यक्रम गरिब दलित समुदाय लक्षित नहुने कार्यक्रमले दलितका नाममा आउने बजेट सदुपयोग भन्दा दुरुपयोग मात्रै हुने गरेको कतिपय दलित समुदायका अगुवाको भनाई छ । दलित समुदायका संकटमा परेका बालबालिका, किशोरकिशोरीदेखि युवापुस्तासम्म सहयोग गरे पो समुदायको उत्थान हुने समाजिक अभियन्ताको सुझाव छ ।

प्रतिक्रिया दिनुस