कञ्चनपुर । नेपाली सेनाले कञ्चनपुरको एक सामुदायिक विद्यालय विद्यालयमा खेलकुद तथा शैक्षिक समाग्री वितरण गरेको छ । सेनाको रुद्रध्वज गण मझगाँउले भीमदत्त नगरपालिका १३ बडैपुरमा रहेको सिद्धनाथ माध्यामिक विद्यालयमा खेलकुद तथा शैक्षिक समाग्री वितरण गरेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षणको जिम्मा पाएका सेनाले विद्यार्थी संरक्षणप्रति आकर्षित गराउने उदेश्यका साथ खेलकुद तथा शैक्षिक स्टेशनरी समाग्री वितरण गरेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टले रुद्रध्वज गण मझगाँउका गणपति सागर कार्कीले विद्यालयलाई शैक्षिक तथा खेलकुद समाग्री हस्तान्तरण गरेको बताए ।

यसरी सेनाले विद्यालयलाई शैक्षिक एव खेलकुद वितरण गरेपछि विद्यालयले अभार प्रकट गरेको छ । शैक्षिक तथा खेलकुद समाग्री वितरणसंगै प्रकृति संरक्षण सम्बन्धी छलफल समेत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टको अध्यक्षतामा २५ नम्बर बाहनीका बाहिनीपती मनोज थापाको प्रमुख आथित्यमा भएको कार्यक्तममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहता, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव विष्ट, विद्यालयका प्रअ जय ब. विष्ट सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस