कञ्चनपुर । करेन्ट लागेर कञ्चनपुरमा एक युवकको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका १ बन्साहका ४४ बर्षिया अमर विष्टको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले आफ्नै घरमा मोटरको प्लगको तार जोड्ने क्रममा घाईते भएका विष्टको उपचारका क्रममा मृत्यु भएको बताए । करेन्ट लागेर कञ्चनपुरमा मृत्युहुनेक्रम नरोकिएपछि स्थानीय त्रसित भएका छन ।

प्रतिक्रिया दिनुस