कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका दलित तथा आदिवासी जनजाती विपन्न समुदायलाई व्यवसायिक तालिम दिईएको छ । मिरर नेपालले बेदकोट नगरपालिका ७ वडा कार्यालयको सहयोगमा नगरपालिका क्षेत्रका दलित तथा आदिवासी जनजाती विपन्न समुदायलाई व्यवसायिक तालिम दिईएको हो । बेदकोट नगरपालिका कार्यपालिका सदस्य पवन नेपालीले नगर क्षेत्रमा रहेका विपन्न दलित, आदिवासी जनजाती समुदायको आर्थिक उन्नती जिवनस्तर बृद्धिका लागि व्यवसायिक तालिम लिईएको बताए । कार्यपालिका सदस्य नेपालीका अनुसार दलित समुदायलाई बाख्रा पालन र आदिवासी जनजाती समुदायलाई तरकारीखेती तालिम लिईएको छ । तालिमका सहभागिहरुले सिकेका व्यवसायिक विषयबस्तु व्यवहारिक प्रयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । तालिमका सहभागिहरुलाई एक कार्यक्रमका विच प्रमाण पत्र हस्तान्तरण गर्दै बेदकोट नगरपालिका ७का वडाध्यक्ष थानेश्वर प्रशाद भट्टले तालिममा सिकेका विषयबस्तु व्यवहारिक रुपमा कार्यान्वयन गर्न आब्हान गरेका छन ।

प्रतिक्रिया दिनुस