धनसिह धामी

कञ्चनपुर । कञ्चनपुरका सरोकारवाला निकायले व्यवसायिक धानखेती उत्पादनमा दिएका छन । धानलाई जिवन निर्वाहमुखी तरिकाले खेती नभई व्यवसायिक धान उत्पादनमा जोड दिएका हुन ।

शुक्रबार २० औँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायका पदाधिकारी एव प्रतिनिधीले धानखेती व्यवसायिक रुपमा गर्नुपर्नेमा जोडदिएका छन ।

‘जलवायु अनुकुलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि भन्ने नाराकासाथ कञ्चनपुरमा समेत जिल्लाका ९ वटै पालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (धान जोन) ले जिल्लाका विभिन्न स्थनमा आयोजित गरेको कार्यक्रममा सरोकारवालाले व्यवसायिक रुपमा धान उत्पादनमा जोडदिएका हुन । विदेशबाट चामल आयातलाई विस्थापित गर्दै स्वदेशमै धान उत्पादनमा जोडदिएका छन । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना(धान जोन)ले भीमदत्त नगरपालिका १६ मझगाँउ रन्न टोलका स्थानीय युवा दशरथ भण्डारीको खेतमा आयोजना गरेको धान महोत्सवमा कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले जिल्लाभरी झण्डै ५६ हजार भन्दा बढि हेक्टर जमिन खेती गरिएपनि ४८ हजार ४ सय ९६ हेक्टर जमिनमा मात्रै धान खेती गरिएको बताए । जिल्लाका ९ पालिका मध्ये सबैभन्दा बढि बेलौरी नगरपालिकामा ८ हजार ७ सय ९६ र सबैभन्दा कम बेलडाँडी गाँउपालिकामा २ हजार ५ सय हेक्टर जमिनमा धानखेती गरिन्छ ।

दोधाराचाँदनीमा २ हजार ७ सय, भीमदत्त नगरपालिकामा ६ हजार ५सय, बेदकोट नगरपालिका ५ हजार ६सय, शुक्लाफाँटा ५हजार ८सय, कृष्णपुरमा ५ हजार ५सय, पुनर्वासमा ७ हजार ५सय र लालझाडीमा ३ हजार ६सय हेक्टर जमिनमा धानखेती गरिन्छ ।

असार मध्यसम्ममा १४ हजार ७सय ७२हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । कञ्चनपुरमा झण्डै ३१ प्रतिशत धान रोपाई भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(धान जोन) कञ्चनपुरका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सन्जु रिमाल(जोशी)ले उत्पादन लागत घटाउँदै धान उत्पादन बृद्धि गर्नुपर्नेमा जोडदिईन । रसायनिक मल समेत विस्थापन गर्दै प्राङगारिक मल उत्पादन गरेर उत्पादकत्व बृद्धिमा जोडदिईन । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले कृषिमा राम्रो सम्भावना भएको जिल्लाका युवा विदेश पलायन हुने दर रोक्नुपर्नेमा जोडदिए । ‘कृषि उत्पादनका लागि दक्ष युवा जनशक्ति विदेश पलाउन हुँदैछ, ‘जिसस प्रमुख बोहराले भने, ‘त्यसलाई रोक्दै कृषि उत्पादनका क्षेत्रमा लगाउनुपर्छ ।’

रत्न कृषि सहकारी संस्थाका अध्यक्ष दशरथ धानुकले सरकारले युवाहरुलाई कृषिमा आर्कषित गर्नका लागि तालिम, यन्त्र उपकरण प्रविधि सहित उत्प्रेरणायुक्त कार्यक्रममा संचालनमा जोडदिए । भीमदत्त नगरपालिका १६का वडाध्यक्ष केशव विष्टले कृषिमा व्यवसायिकता ल्याउनुपर्नेमा जोडदिए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सुचना अधिकारी जनक बहादुर सिहले सहजिकरण गरेको कार्यक्रममा विभिन्न क्षेत्रका कृषिसंग समन्धीत सरोकरावालाको सहभगिता रहेको थियो ।

यसैविच बेलडाँडी, बेलौरी, पुनर्वास,लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधाराचाँदनीले समेत आ–आफ्नो पालिकामा धान दिवस मनाउँदै धान उत्पादनमा पालिका आत्मनिर्भर बनाउने प्रतिबद्धता जाहेर गरेका छन । पालिका कृषि शाखाले किसानलाई यन्त्रउपकरणदेखि विवित कृषि समाग्री वितरण गरेका छन ।

अर्थशास्त्रका जानकारहरुले घरपरिवार, पालिका, जिल्ला, प्रदेश र देश सम्बृद्धि बनाउनका लागि उत्पादनको विकल्प नभएको भन्दै नेपालका हकमा कृषि महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र भएकाले कृषि उत्पादनमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस