काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै १५५ जना कर्मचारी मागेको हो ।

कम्पनीले सहायक प्रबन्धक (विभागीय प्रमुख) मा ३ जना, सहाय प्रबन्धक (प्रदेश प्रमुख) मा ४ जना, बरिष्ठ अधिकृत/अधिकृत (उपप्रदेश प्रमुख) मा १० जना, बरिष्ठ अधिकृत/अधिकृत (अनुगमन अधिकृतमा ८ जना, सुपरभाइजर/बरिष्ठ सहायक/सहायक (शाखा प्रमुख) मा ३० जना र प्रशिक्षार्थी सहायक (फिल्ड सहायक) मा १०० जना कर्मचारी मागेको हो ।

जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र तह उत्तिर्णदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २० गते भित्र कम्पनीको बेवसाइट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुस