असार १५ । बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका १ डाँडाकोट घर भएका २३ वर्षीय मोडेल रोहित जोशी (लायन )को सडक दुर्घटनामा परी भारतमा मृत्यु भएको छ ।

मुम्बइबाट दिल्ली आउँदै गरेका जोशीको बिहीबार आग्रामा सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा मृत्यु भएको बताइएको छ । कारले ठक्कर दिँदा ४ जना घाइते भएका हुन घाइते तिन जनाको उपचार भइरहेको छ भने  जोशीको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले बताएका छन् ।

जोशीको सव  भारतको आग्राबाट नेपाल ल्याउने काम भइरहेको र आइतवार बिहान ९ बजे महाकाली आर्य घाटमा दाहा संस्कार गरिने आफन्तले बताएका छन ।

जोशी म्युजिकल भिडियोको अडिसनका लागि भारत गएको बुझिएको छ । जोशीले केही  नेपाली गीतहरुको भिडियोमा अभिनय गरेका छन् । जोशी सानै उमेरदेखि म्युजिकल भिडियो र मोडलिङ क्षेत्रमा रूचि राख्ने गरेको आफन्तले बताएका छन्।

प्रतिक्रिया दिनुस