कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक गाँउमा साधना केन्द्र निर्माण हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरमा विपश्यना साधना ध्यान केन्द्र निर्माण हुने भएको हो । सुदूरपश्चिम विपश्यना साधना केन्द्रले ध्यान केन्द्र निर्माण गर्न लागेको छ ।

सोमबार एक कार्यक्रमका विच साधना ध्यान केन्द्रको शिलान्यास गरिएको छ । ध्यान केन्द्रको हल निर्माणनका लागि शिलान्यास गरिएको हो । पहिलो हल ५० जनाले एकसाथ ध्यान केन्द्र गर्र्ने क्षमताको हल निर्माण हुनेछ ।

विपश्यना ध्यान केन्द्रका आचार्य खगेश्वर अर्याल, सहायक आर्चाय अमिर खातीले साधना ध्यान केन्द्रको शिलान्यास गरेका छन । साधना केन्द्रको शिलान्यास गर्दै विपश्यना ध्यान केन्द्रका आचार्य खगेश्वर अर्यालले ध्यान गर्नका लागि सहज हुने बताए ।

सुदूरपश्चिम विपश्यना साधना केन्द्रका अध्यक्ष नारद पाण्डेयले तिलाचौर स्थित आफ्नै जमिन र एक घर ध्यान केन्द्र निर्माणाका लागि दिएका छन । झण्डै पौने तिन विगाह जमिन सहित एक पक्की घर २० बर्षका लागि अध्यक्ष पाण्डेयले निःशुल्क दिएका छन ।

यस अघि सुदूरपश्चिम विपश्यना साधना केन्द्रले भीनपा ९ ताराकोटमा ध्यान केन्द्र निर्माणका लागि संरचना बनाउँदा बिरोध भएपछि तिलाचौरमा ध्यान केन्द्र बनाउने काम शुरु भएको हो । सुदूरपश्चिम भीमदत्त नगरपालिका महेन्द्रनगर बजारदेखि उत्तर ग्रामिणबस्तीमा ध्यान केन्द्र निर्माण भएसगै यहाँका ध्यान गर्ने सेवाग्राहीका लागि सहज हुनेछ ।

प्रतिक्रिया दिनुस