कञ्चनपुर । भारतबाट तस्कर समुहले गैर कानुनी रुपमा नेपाल भित्र्राएका अवैध समान नेपाल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न स्थानबाट गैर कानुनी रुपमा नेपाल भित्र्राएका अवैध समान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले भारतबाट अवैध रुपमा नेपाल भित्र्राईरहेको अवैध समान बरामद गरेर भन्सार बुझाएको बताए । प्रवक्ता डाँगीका अनुसार भीमदत्त नगरपालिका ४ बसपार्क, १० सुकासाल क्षेत्रबाट अवैध समान बरामद गसिरएके छ ।

चप्पल, चिनी, मिश्री, तेल, मसला, साबुन, गुटका, त्रिपाल, दुध पाउडर, ६ साईकल सहितको समान बरामद गरिएको छ । झण्डै २ लाख, २० हजार ४सय रुपैयाको अवैध समान बरामद गरेर भन्सार पठाईएको छ ।

तस्कर समुहले सहजै भारतबाट ल्याएका समान महेन्द्रनगर, सुकासाल क्षेत्रमा बरामद गरेर भन्सार बुझाईएको प्रहरीले जनाएको छ । प्रहरीले तस्कर बिरुद्धमा अहिले निर्मम भएर कार्बाही अघि बढाएको छ ।

बिना स्वार्थ यस्तै गरी राजस्व चोरी छली बिरुद्धमा प्रहरीले निरन्तर काम गर्नुपर्ने जनअपेक्षा छ । विगतमा जिल्लामा आउने नयाँ प्रहरी प्रमुखले शुरुवात दिनमा व्यवसायीका समान बरामद गर्ने, त्यसपछि भन्सार छल्ने व्यवसायीले लाईन दिएपछि लुज गर्ने प्रवृति, घुसखाने प्रथालाई हाल कञ्चनपुरका एसपी कमल थापाले तोडेको जनताले अनुभूति गरिरहेका छन ।

एसपी थापाले कञ्चनपुर जिल्ला सम्हालेपछि चोरी तस्करी बिरुद्धमा एक्सन गर्दै अवैध समान बरामद गर्दै भन्सार पठाईरहेका छन । प्रहरीको सो कार्यबाट भन्सार राजस्व चुहावटमा नियन्त्रण भईरहेको दावि गरिएको छ ।

प्रतिक्रिया दिनुस