कञ्चनपुर असोज १२ ,कञ्चनपुरको भीमदत्त नगरमा केन्द्रीय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले डोटीमा शाखा विस्तार गरेको छ । आइतबार कञ्चन बैकले सिलगढी नगरपालिका–४ डोटी पिपल्ला बजारमा शाखा विस्तार गरेको हो । यो कञ्चन बैकको १७औँ शाखाको रुपमा विस्तार भएको छ ।

कञ्चन बैंक केन्द्रीय कार्यालयका कार्य संचालन प्रमुख जगत कुमार महतराले बताए । उनका अनुसार दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिवराज खड्काले शाखा उद्घाटन गरेका थिए । कार्यक्रममा कञ्चन बैंकका संचालक भरत बहादुर रोकायले बैंकिङ्ग सेवाका लागि शाखा विस्तार गरिएको बताएका थिए । बैंकका हालसम्म कञ्चनपुरमा ७ शाखा र २ एक्सटेन्सन काउण्टर कैलालीमा ७ शाखा र १ एक्सटेन्सन काउण्टर , डडेल्धुरामा १ शाखा , बैतडीमा १ शाखा र डोटी १ शाखा गरि कुल १७ शाखा र ३ एक्सटेन्सन काउण्टर सञ्चालनमा आएका छन ।

बैंकले बचत खातामा ७।२५ देखि ८।५० प्रतिशत र मुद्दति खातामा ११ प्रतिशत सम्म व्याज दर कायम गरेको छ । कञ्चन बैंकले राष्ट्रबैकले निर्धारण गरेको चुक्ता पुँजीको भन्दा बढि पु¥याएको छ । बैंकका संचालकले स्थानीय निक्षेप स्थानीय स्तरमै लगानी भएको नारा अघि सारेका छन् ।

प्रतिक्रिया दिनुस