कञ्चनपुर, असोज १३,कञ्चनपुर दक्षिणी क्षेत्र लालझाडी गाउँपालिकाको नन्देश्वर सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा झेल सिंह राना विजयी भएका छन् । नयाँ कार्य समिति चयनका लागि भएको निर्वाचनमा झेलीले आफ्ना निकटतम प्रतिद्वन्दी रत्ती रानालाई ७९ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भए ।
झेलीले २७०, रत्तीले १९१ मत ल्याएका थिए । उपाध्यक्षमा छटक चौधरी निर्वाचित भएका छन् । चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी पुरन रानालाई ३१८ मतले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भए । सचिवमा मिना चौधरी निर्वाचित भएका छन् । चौधरीले २२५ मत आएको थियो । सह–सचिव राम सिंह चौधरी चौधरी निर्वाचित भएका छन् । उनले ३७४ मत ल्याएका थिए । कोषाध्यक्ष राजमति राना निर्वाचित भएका छन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी रन्जीता रानालाई १२८मतले हराउदै कोषाध्यक्षमा निर्वाचित भए । राजमतीले २८३ र रन्तीताले १५५मत ल्याएका थिए । त्यसैगरी सदस्यहरुमा राम बुझौना चौधरी २५६, सन्तराम राना २१३, जन्योमति राना २३४, सुखी चौधरी २१६ सीता चौधरी २०९, कलावती तिरुवा २०७ निर्वाचित भएका हुन । सामुदायिक वनमा ४९३ उपभोक्ताले मतादान गरेका थिए । भने ५० मत बदर भएको निर्वाचन अधिकृत निर्मल भट्टले बताए । लालझाडी गाउँपालिका वडा नं. ३ को नन्देश्वर सामुदायिक वन उपभोक्ता समुहमा नन्दगाउँ र बल्मीमा २ सय ८२ उपभोक्ता रहेका छन । निर्वाचित पदाधिकारीले समुदायिक वनको विकास र उपभोक्ताको अधिकारका लागि पहल गर्ने बचन दिए ।

प्रतिक्रिया दिनुस