कञ्चनपुर, असोज १३ ,कञ्चनपुरमा रहेको बन्द मझगाँउ विमान स्थलमा रामलिला शुरु भएको छ । आईतबारदेखि भगवान रामचन्द्रको जिवनीमा आधारित रामलिला समिति कञ्चनुरको आयोजनामा रामलिला महोत्सव–२०७६ शुरु भएको हो ।
लामो समय बन्द रहेको मझगाँउ विमानस्थल शुचारुका लागि समेत प्रचारप्रसार गरिने आयोजकले जनाएको छ । रामलिला समिति कञ्चनपुरले यस बर्षको रामलिलाले बन्द रहेको विमान स्थल शुचारुका लागि प्रचारप्रसार, धार्मिक पर्यटकिय क्षेत्रको विकास एव नेपाल पर्यटन भ्रमण बर्ष २०२० सफल पार्नका लागि मझगाउँ बिमान स्थलमा रामलिला सार्थकता हुने निष्कर्ष निकालेको छ ।
उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकास बहादुर रावलले रामलिला उद्घाटन गरेका छन् । रामलिला उद्घाटन गर्दै मन्त्री रावलले रामलिलाका माध्याबाट समाजिक संस्कारका जोडदिए ।
अध्यक्ष चन्दले रामलिला महोत्सवबाट संकलन भएको रकम मझगाँउ विमान स्थल शुचारुका लागि खर्च गरिने र शव बहान खरिद गरिने बताए । यसका साथै लोक परम्परागत धर्म,कला, भाषा एव संस्कृति संस्कारको संरक्षणका लागि नेपाली तथा डोटेली भाषामा मञ्चन हुने रामलिलाको प्राडा. भुपेन्द्र विष्टले गर्ने छन् ।
रामलिला समिति कञ्चनुरका महासचिव नरेन्द्र राज जोशीले रामलिला सफल पार्नका लागि सयजति कलाकार रहेको बताए । उनका अनुसार समाजसेवी तथा व्यवसायी प्रमोद जाजोदियाको संयोजकत्वमा मुल समिति र विभिन्न उप समिति चयन गरिएका छन् । हेल्प नेपालका अध्यक्ष मदन चन्दलाई स्वयमसेवक उप समितिको जिम्मेबारी दिएको छ । सफल व्यवसायी धर्मसिह रावल आर्थिक, बामदेव चटौत अतिथि सत्कार, शेर बहादुर चन्द लेखा, पुष्करराज जोशी मञ्च व्यवस्थापन, चन्द्रकला पन्तलाई महिला र बासुदेव भट्टलाई ब्याख्यानकर्ताको जिम्मेबारी दिएको छ । रामलिला समिति कञ्चनपुरका निर्वतमान अध्यक्ष दानसिह ठकुराठीले कञ्चनपुरबाट शुरुवात गरिएको रामलिला काठमाण्डौँसम्म गरिने घोषणा गरे । नि.अध्यक्ष ठकुराठीले रामलिलाको राप देशव्यापी बनाउनुपर्नेमा जोडदिए ।
पहिलो पटक मझगाँउमा रामलिला हुने भएपछि स्थानीय हर्षित भएका छन् । स्थानीय एव मझगाँउ विमान स्थल शुचारुका लागि गठित संघर्ष समितिका सचिव राजेन्द्र बहादुर चन्दले रामलिला महोत्सवले थप उर्जा प्रदान गरेको बताए । उनले धार्मिक पर्यटन प्रर्बद्धनका लागि बन्द रहेको विमान स्थल शुचारुका लागि दवाव सिर्जना हुने बताए । रामलिला सम्पन्न गर्नका लागि झण्डै १०लाख बढि खर्च हुने अनुमान गरिएको छ । १० दिनसम्म संचालन हुने रामलिला महोत्सवबाट संस्कृति संस्कारको ग्रहरणका साथै असामाजिकता र रामजस्तै असल चरित्र निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पहिलो पटक बन्द रहेको मझगाउँ विमान स्थलमा रामलिला महोत्सव हुने भएपछि स्थानीय हर्षित भएका छन् ।
बन्द रहेको कञ्चनपुर मझगाँउ विमान स्थलमा रामलिला शुरु भएको छ । आईतबारदेखि भगवान रामचन्द्रको जिवनीमा आधारित रामलिला समिति कञ्चनुरको आयोजनामा रामलिला महोत्सव–२०७६ शुरु भएको हो ।

प्रतिक्रिया दिनुस