काठमाण्डौं असोज १३ ,नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले भारतले विश्वलाई बुद्ध दिएको भन्ने भारतका प्रधानमन्त्रीद्वारा गरिएको भाषणप्रति आपत्ति जनाएका छन् । आज एक विज्ञप्ती निकालेर उनले सो कुरा उल्लेख गरेका यही २०१९ सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतका प्रधानमन्त्रीले दिएको भाषणमा “भारतले विश्वलाई बुद्ध दिएको छ” भन्ने वाक्यांश प्रयोग गरिएको थियो ।
वैद्यले विज्ञप्तीमा भनेका छन् ,“ नेपालको लुम्बिनीमा जन्मिएका गौतमबुद्ध भारतीय नभएर नेपाली नै रहि आएको कुरा अवगत हुँदाहुँदै उनलाई भारतीय बनाउन खोज्नु नितान्त गलत भएको बेहोरा स्पष्ट गर्न चाहन्छौं । ”साथै अब आइन्दा यस्ता अभिव्यक्ति नदिन पनि भारतका प्रधानमन्त्रीसित वैद्यले अनुरोध गरेका छन ।मुल बाटो बाट

प्रतिक्रिया दिनुस