काठमाडौं, १४, असोज । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले खण्डन गरेका छन ।

संसद सचिवालयमा काजमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफुलाई कोठामै पुगी जर्वजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएपछि महरा विवादमा परेका छन् ।

महराले महिला कर्मचारीको कोठामै पुगी मदिरा पिएर उनीमाथि जबरजस्ती करणी गरेको समाचार हाम्राकुरा डटकमले सार्वजनिक गरेको हो । तर, सभामुख महराले ती महिलाले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै उक्त समाचारको खण्डन गरेका छन् ।

प्रतिक्रिया दिनुस