महेन्द्रनगर असोज १४ , कञ्चनपुरको महेन्द्रनगरमा लायन्स कपडा बैंकको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ३२५ बि २ नेपालका डिस्टिक को चिफ एड्भाईजर लायन्स माधव प्रसाद भट्टले रेबन काटेर बैंकको उद्घाटन गरेका हुन ।महेन्द्रनगरका सबै लायन्स तथा लियो कलबको साझेदारीमा भिमदत्त नगरपालिका ४ भगत्तपुरस्थित स्थापित उत्त कपडा बैंकको उद्घाटन भएको हो ।

बैंकले प्रयोग गर्न मिल्ने कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जनजिवनमा प्रयोगमा आउने सामान संकलन र वितरण गर्ने लायन्स कलब ३२५ बि २ नेपालका डिस्टिक एड्भाईजर लायन्स डा। भोजराज पन्तले बताए । उनले भने ‘हामिले यो कार्यक्रमको नाम लायन्स नोबल वाल्स राखेका छौ ।’

बैकमा जो कोहि ले पनि प्रयोग गर्न योग्य सफा, नच्यातिएका कपडा, शिरक, डसना,तन्ना, भाडा लागायतका सामान दान गर्न सक्ने र जो कोहिले आवश्यक पर्ने उत्त बैंकमा भएका सामान निशुल्क लग्न पाउने डा। पन्तले बताए ।बैंकमा दान गर्नेको नाम तथ्यांक राखिने तर उपयोग गर्ने मान्छेको भने कुनै तथ्यांक राखिने छैन ।
हाल बैकमा ४ सय थान भन्दा बढी कपडा रहेका छन ।

हाल कपडा बैंकको सटर ९ कोठा. डा। पन्तले र कपडा राख्न रेयाक लायन्स नेत्रराज चटौतले निशुल्क उपलब्ध गराएका छ्न भने अरु दुइटा रेयाक लायन्स श्यामसिंह मौनीले निशुल्क दान गर्ने कार्यक्रममा जनाएका छ्न । बैकमा अरु लायन्स लियो हरु ले पनि कपडा दान गरेका छ्न ।एरिया कोडिनेटर लायन्स गनेशराज बोहराको अध्यक्षतामा सम्पन्न उत्त उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लायन्स माधव प्रसाद भट्ट थिए । कार्यक्रममा सम्पुर्ण लायन्स रलियो क्लबका सदस्य, सर्वसाधारणको उपस्तिथि रहेको थियो ।

बैंकले निरन्तर सेवा दिने र आगामी दिन मा अझै राम्रो र धेरै ठाउमा सन्चालन गर्ने लायन्स लक्ष्मि प्रसाद पन्तले बताए ।लायन्स रलियो कलबले यस्ता सामाजिक कार्य निरन्तर गर्दै आईरहेको छ । कसैले पनि सहयोग गर्न वा कपडा लग्न ९८५८७५०५१० डा. भोजराज पन्त , ९८१२६१९००७ लियो देबेन्द्र लाई सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुस