कञ्चनपुर असोज २२ , सरकार बाट प्रतिबन्ध लगाएको नेकपा पार्टी विप्लव समुहले आफ्नो शैन्य दस्ता, सेनाको सैन्य मोर्चा निमार्ण गरिरेको छ । मोर्चाले पहाडि जिल्लाहरुमा जनताको सुरक्षाका लागि प्रतेक जिल्ल्लामा ५० देखी १०० जनाको शैन्य मोर्चा निमार्ण गरी रहेको बिशेष शुत्रले जानकारी दिएको छ । गाउमा रहेका बेरोजगार युवाहरुलाई जम्मा गरेर सेना निर्माण गरिरहेको छ । जम्मा गरेका युवाहरुलाई जनताको शुरक्षाको लागि शैन्य तालिम पनि सञ्चालन भईरहेको नेकपा बिशेष शुत्रले जनएको छ ।
पहाडी जिल्लाहरुमा २०५२/०५३ सालको जन युद्ध समयको जस्तो झल्को देखिने गरेको छ । यस अधि नेकपाले एनसेल माथी गरेको आगजनी बाट सरकारले नेकपा लाई प्रतिबन्द लगाएको छ । जनताको सुरक्षाको लागि भन्दै सेना निमार्ण गरिएको नेकपा पार्टीले जनाएको छ । नेकपा लाई प्रतिबन्द लगाए पछि नेकपाले संगठन बिस्तारमा बिशेष जोड दिएको छ । अवको लडाई नेपाली सेना , प्रहरी संगको नभएर ददाल पुजीपती भष्टाचारीहरु संग हुने नेकपा जनाएको छ ।

प्रतिक्रिया दिनुस