कञ्चनपुर असार ८ । बैतडीको पुरचौंडी नगरपालिका–२ महादेवस्थान को भैरूमा पहिरोले घर पुरिँदा  दुइ जनाको आमा–छोराको मृत्यु भएको छ।तीन जनाको सकुशल उद्धार गरिएको छ।

आइतबार राती घरमाथिबाट पहिरो खस्दा करिब २५ वर्षीया अञ्जु जाग्री र उनका ५ वर्षका छोरा रिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो।

मृतक अञ्जुका सासुआमा ४५ वर्षिया राइमती र देवर १७ वर्षीय गोब्बर घाइते भएका छन्। उनीहरुको स्थानीयले उद्धार गरेका थिए। यस्तै पाहुना बस्न आएकी छिमेकी ६० वर्षिया जस्मा बोहरा पनि घाइते भएकी छन्।

इलाका प्रहरी कार्यालयको टोली भर्खरै घटनास्थलमा पुगेको र सिंगो घर पहिरोमा पर्दा पशुवस्तुसहित मरेको प्रहरी निरीक्षक जोशीले बताए।

प्रतिक्रिया दिनुस