बेलडाँडी । बेलडाँडी गाउँपालिकामा उपाध्यक्ष नाथको मनपरी रजै चलेको छ । दिनप्रतिदिन काण्डै काण्ड मचाउदै आएकी बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथको फेरि अर्को कर्तुत फेला परेको छ ।

बेलडाँडी गाउँपालिकामा गाउँकार्यपालिकाको मिति २०८०,०१,११ गते बैठक संख्या १६ को निर्णय नं. ३ मा बेलडाँडी गाउँपालिकामा कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर दैनिक ज्लादारीमा राख्ने निर्णय भएको ४ महिना वित्दा समेत विज्ञापन नगरिएपछि पश्चिम समाचारको टोलीले यस बिषमा बुझ्न खोज्दा विज्ञापन नगरि सुटुक्क कर्मचारी भर्ना गर्न लागेको सूचना प्राप्त गरेको छ ।

यति मात्र होइन गाउँपालिका उपाध्यक्ष शान्ती नाथले नेकपा माओवादी केन्द्रबाट स्थानीय निर्वाचन २०७९ मा वडा नं.१ बाट सदस्य पदमा निर्वाचन लडेका र निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेस प्रवेश गरेका चेत बहादुर शाहलाई सुटुक्क कम्प्युटर सहायक अपरेटर बनाउने चहलखेलका लागि अहिले सम्म विज्ञापन नगरिएको हुन सक्ने श्रोतको दावी छ ।

बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीका अनुसार निर्णय गरेको छ तर विज्ञापन गर्नका लागि कुनै जानकारी छलफल भएको छैन, तर दुई जनाको नाम अध्यक्ष उपाध्यक्ष ज्यूले सिफारिस गरेर पठाएका छन् कसरी नियुक्ति दिने भन्ने अन्यौंल भएको बताए । उनका अनुसार कुलैराज उपाध्याय र चेत बहादुर शाहको नाम अध्यक्ष उपाध्यक्षले सिफारिस गरेर पठाएका छन् ।

अहिले सम्म यिनलाई कुनै नियुक्ति दिइएको छैन् । प्रक्रिया नपुगे कसैलाई नियुक्ति दिन नसकिने वहाँको बुझाई छ । न्युन आयश्रोत भएको पालिकामा निवर्तमान सरकारले समेत ३ जना ज्लादारीमा कर्मचारी नियुक्ति गरेको विषयलाई यीनै उपाध्यक्ष शान्ती नाथ र यीनै चेत शाहले खारेज गर्ने आन्दोलन गरेका थिए । त्यो आन्दोलन आफु कर्मचारी हुनकालागि पुष्टि हुन लागेको स्थानीय बताउछन् ।

केहि स्थानीयका अनुसार ज्यालादारीका लागि विज्ञापन नखोल्न पनि सकियो तर जुनपदका लागि भर्ना गर्नुपर्ने हो त्यो पदका लागि सिफारिस गरिएका ब्याक्ति सम्वन्धित बिषयमा दक्ष छन् छैनन् त्यो कार्यालयले हेर्नुपर्ने विषय रहेको उनीहरु बताउछन् । ज्लादारी भन्दै कर्मचारी भर्ना गर्ने प्रबृत्ति कुनै नौलो विषय होइन । आफ्ना र आसेपासेलाई मात्र भर्ना गर्ने प्रबृत्तिको खुलेरै विरोध गरिनु पर्ने बताउदै दक्ष ब्यक्ति छनौट गर्न पालिकालाई सुझवा समेत दिएका छन् ।

प्रतिक्रिया दिनुस