कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयलाई भारतीय दुतावासबाट विद्यालय बस पाईएको छ । भारतीय दुतावासबाट भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर मावि(साधारण स्कुल)लाई विद्यालय बस पाईएको हो । आइतबार एक कार्यक्रमका विच विद्यालयलाई भारतीय दुतावासले विद्यालय बस हस्तान्तरण गरेको छ ।

काठमाण्डौँमा भएको बस हस्तान्तरण कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेपालका लागि भारतीय राजुदत नविन श्रीवास्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्ट र प्रद्यानाध्यापक ललित सिह साउदलाई बस हस्तान्तरण गरेका छन ।

महेन्द्रनगर मावि(साधारण स्कुल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले दुतावासबाट विद्यालयलाई बस प्रदान भएको बताए । ‘हामीले विद्यालयका तर्फबाट दुई बस माग गरेका थियौँ, ‘अध्यक्ष विष्टले भने, ‘पहिलो चरणमा एक बस प्राप्त भएको छ ।’ अध्यक्ष विष्टले विद्यालय व्यवस्थापनको जिम्मेबारी पाएका दिन विद्यार्थीका लागि बस प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

महेन्द्रनगर मावि सधारण स्कुलका प्रअ ललित सिह साउदले सामुदायिक विद्यालयलाई बस प्रदान भएपछि टाढाका विद्यार्थीलाई सहज हुने भएको छ । बस हस्तान्तरण कार्यक्रममा विव्यस अध्यक्ष बिरेन्द्रराज विष्ट, प्रअ ललित सिह साउद, पिटिए अध्यक्ष अम्बादत्त जोशी, सदस्य डिल्ली दाहाल, शिक्षिका विजयालक्ष्मी अवस्थी सहितको सहभागिता रहेको थियो ।

सामुदायिक विद्यालयको बृद्धि विकासका लागि दुताबासबाट प्राप्त भएको विद्यालय बस प्रभावकारी रुपमा लक्षित विद्यार्थीलाई विद्यालय ओसार्ने जनाईएको छ । नेपाल भारत सहयोग कार्यक्तम अन्र्तरगत दुताबासले कञ्चनपुरको महेन्द्रनगर मावि छनौट गरेको थियो ।

प्रतिक्रिया दिनुस