कञ्चनपुर । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले युवा सकृय पत्रकार भुपी उपाध्यायमाथि भीमदत्त नगरका मेयर पदम बोगटीको सचिवालयका कर्मचारीद्वारा गरिएको घटनाको छानबिनको माग अघि सारेको छ ।

पत्रकार महासंघ सुप प्रदेश समितिले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै युवा सकृय पत्रकार उपाध्यायमाथि भीमदत्त नगरका मेयर पदम बोगटीको सचिवालयका कर्मचारीद्वारा गरिएको घटनाको छानबिनको माग अघि सारेको हो ।

पत्रकार महासंघ सुप प्रदेशले २५ असार राती १० बजेतिर समाचार संकलनका लागि भाँसी क्षेत्र एक होटलमा खटिएका पत्रकार उपाध्यायमाथि मेयर बोगटी सचिवालका कर्मचारीले दुव्र्यवहार गरेको घटनाको भत्र्सना जाहेर गरेको छ ।

पत्रकार महासंघ सुप प्रदेशका महासचिव रामसिह ठगुन्नाले हस्ताक्षर गरेको विज्ञप्तीमा पत्रकारमाथि अबउपरान्त यस्ता घटना नदो¥याउन सचेत गराईएको छ । २५ असार राती १० बजेतिर भीमदत्त नगरका मेयर बोगटी चढने म१झ१०८ नम्बरको गाडी दुरुपयोग भएको सवारी साधनको फोटो खिच्ने क्रममा पश्चिम डटकम आजका पत्रकार उपाध्यायमाथि पत्रकार समेत रहेका उपाध्यायमाथि दुव्र्यवहार भएकोप्रति दुख व्यक्त गरिएको छ ।

मेयर बोगटीका प्रेस सल्लाहकार चक्र महताले मोबाईल खोसेर भिडियो डिलिट गरेको भन्दै पत्रकार उपाध्यायले पत्रकार महासंघ सहितका प्रेस संघ संगठनमा जानकारी गराएका थिए । भीमदत्त नगरका मेयर पदम बोगटीका प्रेस सल्लाहकार चक्र महताले पत्रकार भूपी उपाध्यायमाथि दुव्र्यवहार नगरेको बताए ।

प्रतिक्रिया दिनुस