ईश्वरी नेगी ,महेन्द्रनगर, १८ असार ,कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका वडा न. ६ र ७ जोडने स्याली खोलामा निर्माण गरिएको ट्रष्ट पुल सञ्चालनमा आएको छ । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बेलौरी नगरपालिका वडा न.६ स्थित स्याली खोलामा निर्माण गरिएको ट्रष्ट पुलको रिवन काटेर उद्धघाटन गर्दै पुल सञ्चालनमा ल्याएका हुन् ।

२०७८ साल माघ २५ गते उक्त पुल निर्माणको सम्झौता भएको थियो भने, २०८० असार ५ गते पुल निर्माणको काम सम्पन्न गरिएको हो । ट्रष्ट पुलको लम्वाई ४८ मिटर र चौडाई १.५ मिटर रहेको छ । स्याली खोलामा निर्माण गरिएको ट्रष्ट पुलको कुल लागत ६१ लाख १४ हजार १ सय १६ रुपैयाँ ५१ पैसा रहेको छ । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरको विशेष पहलमा, सवाप संस्थाको ५१ लाख ९६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने, बेलौरी नगरपालिकाको ७ लाख ९४ हजार ८ सय ३५ रुपैयाँ रहेको छ् ।

त्यसैगरी जनश्रमदानबाट १ लाख २२ हजार २ सय ४२ रुपैयाँ र नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरको प्राविधिक तथा सामाजिक सहयोगमा बेलौरी नगरपालिका वडा न.६ स्थित स्याली खोलामा ट्रष्ट पुल निर्माण गरिएको उक्त नगरपालिकाका नगरप्रमुख चौधरीले बताएका छन् ।

ट्रस्ट पुलको निर्माण हुनु पुर्व नागरिकहरूलाई आवतजावत गर्नका लागि उक्त ठाउँमा काठे पुल रहेको थियो भने, काठे पुल जिर्ण हुँदा आवतजावत गर्ने नागरिकहरुलाई निक्कै नै सास्ती भएको बेलैरी नगरपालिकाका स्थानीयहरूले बताए । प्रत्यक्ष रूपमा बेलडाँडी र बेलौरीका थुप्रै नागरिकहरु पैदल तथा साइकल र मोटरसाइकलमा आहोर दोहोर गर्न प्रयोग हुने उक्त काठे पुल जिर्ण बन्दा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

आवतजावत गर्ने नागरिकहरुले जोखिम भएर ओहोरदोहोर गर्नु परिरहेको थियो । अब ट्रष्ट पुल सञ्चालनमा आएपछि स्थानीय र दैनिक उक्त बाटो भएर आवतजावत गर्ने नागरिकहरु निकै नै खुशी भएका छन् । बेलौरीको हात्तिबोझा, बरैया, सिंहपुर, रामघाट, कुण्डा लगायत बस्तिका अधिकांश मानिसहरू दैनिक रुपमा उक्त बाटो भएर आवतजावत गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुस