कञ्चनपुर । क्रान्तिकराी कम्युनिष्ट पार्टी कञ्चनपुरको एकता अधिबेशन सम्पन्न भएको छ । बुधबार महेन्द्रनगरमा क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरको एकता अधिबेशन सम्पन्न भएको हो । तत्कालिन धर्मेन्द्र बास्तोला नेतृत्व को नेकपा (बहुमत) र मोहन बैध किरण नेतृत्व नेकपा (क्रान्तीकारी माओवादी)विच गत बैसाख १८ गते मजदुर दिवसको अवसर पारी पार्टी एकता तथा घोषणा भएको थियो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी सुप प्रदेशका सदस्य कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले केन्द्र, प्रदेश हुँदै कञ्चनपुरको जिल्ला एकता अधिवेशन तथा भेला सम्पन्न भएको बताए । क्रान्तिकारी नेता ऐरका अनुसार भेलाले ४३ सदस्यीय जिल्ला कमिटि विस्तार, सह संयोजकमा नक्साल विष्ट सहितका सदस्य थप गरिएका छन ।

जिल्ला संयोजक बिष्णुको अध्यक्षता र प्रदेश ईन्चार्ज गुणराजको प्रमुख आतिथ्य अतिथिमा एकता भेला भएको बताए । उनका अनुसार कार्यक्रममा प्रदेश संयोजक महान,सहसंयोजक कमरेड डायमण्ड, केन्द्रिय सल्लाहकार राष्टपति, कञ्चनपुर जिल्ला ईन्चार्ज शेर बहादुर देउवा ,केन्द्रिय सदस्य ,राम ब. महरा ,हरि सुवेदि, बिवस,डम्बर विष्ट,निरज बिक लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । स्थानीय जनताका समस्यादेखि राष्ट्रियताको विषयमा नेता कार्यकर्ताले सशक्त भूमिका निर्वाहमा जोड दिईएको छ ।

प्रतिक्रिया दिनुस