हिन्दु धर्ममा आस्था राख्ने विश्वका विभिन्न मुलुक र क्षेत्ररमा बसोबास गर्दै आइरहेका महिलाहरुले आफ्नो अखण्ड सौभाग्य एवं पति र पुत्रको दीर्घायुको कामनाले पौराणिक कालदेखि मनाउँदै आएको दूर्वाष्टमी व्रतसहित वि.सं. १२६४ सालदेखि सुदूरपश्चिमका मानिसहरुले शिवपार्वतीको पूजाआजा गरी मनाउ“दै आएको गौराष्टमी पर्वलाई “नेपाल पञ्चाङ्ग निर्णायक समितिले” सामाजिक परम्परा र धर्मशास्त्रमा उल्लेख भएको नियम विपरित स्वेच्छाले त्रुटिपूर्ण निर्णय पटक–पटक दोह¥याउदै आएकोले यसलाई सच्याउन लगाउनु सु.प.का जनताको कर्तव्य हो, किनभने भाषा, धर्म, संस्कृति र चा“डपर्व कुनै पनि सभ्य र समृद्ध समाजको पहिचानको धरोहर हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले गरेका त्रुटिपूर्ण निर्णयहरु निम्नानुसार रहेका छन्
१. वि.सं. २०३१, २०५० र २०६९ सालमा भाद्र महिनामा अधिकमास (मलमास) परेको बेला नेपाल पञ्चा¨ निर्णयक समितिले अधिकमासको अष्टमीलाई दूर्वाष्टमी भनि उल्लेख गरेको थियो । भाद्र महिनामा अधिकमास परेमा शुद्ध भाद्रमासको कृष्णाष्टमीलाई सौर श्रावणमासमा मान्नुपर्छ भनि शास्त्रहरुमा उल्लेख भएको पाइन्छ ।
अधिमासे तु सम्प्राप्ते नभस्य उदये मुनेः । अर्वाग्दूर्वाव्रतं कार्यं परतो नैव कुत्रचित् ।। (स्कन्ध पुराण) यस वचनको उल्लङ्घन गरेर दूर्वाष्टमीको गलत निर्णय भएको छ ।
२. वि.सं.२०३४, २०४२, २०४९, २०५३, २०६१ र २०८० सालको दूर्वाष्टमी र गौराष्टमी पर्वलाई श्रावणशुक्लपक्ष्ँको अष्टमी तिथिमा लगाएको छ । श्रावण शुक्लपक्ष्ँको अष्टमीलाई दूर्वाष्टमी मान्नुपर्छ भनि कुनै पनि शास्त्रमा उल्लेख भएको छैन । शुक्लभाद्रपदेमासे दूर्वासंज्ञा तथाष्टमी । सिंहार्क एव कर्तव्या न कन्यार्के कदाचन ।। सिंहस्थे सोत्तमासूर्येऽनुदिते मुनि सत्तमे । भाद्र शुक्लाष्टम्यामगस्त्योदये भाविनि सति पूर्वकृष्णाष्टम्यामेव कुर्यात् ।। (निर्णय सिन्धु)
अर्थात् पूर्णिमान्त चान्द्रमासको भाद्रशुक्ल अथवा कृष्णपक्षको अष्टमी तिथिलाई मात्र दूर्वाष्टमी मान्नुपर्छ । त्यो पनि अगस्तिमुनिको पौराणिक उदय हुनुभन्दा पूर्वको अष्टमीलाई ग्रहण गर्नु पर्दछ । कन्याको सूर्यमा दूर्वाष्टमी मान्नु हु“दैन । उक्त निर्णयको ख्यालै नगरी नेपाल पञ्चा¨ निर्णायक समितिले सू.प.का जनतालाई अपठित अनभिज्ञ ठानेर गलत निर्णय गरेको छ । यस निर्णयलाई सच्याउन लगाउनुपर्छ । या नारी पूजते दूर्वा व्रतमेकादशी विना । सा नारी पुत्रशोकञ्च प्राप्यते दशहायने ।। (हेमाद्रि) पुत्रदा एकादशीको व्रत नगरी दूर्वाष्टमीको व्रत गर्नु हु“दैन । गरेमा दश वर्षभित्रमा पुत्र शोक प्राप्त हुन्छ ।
३. नेपाल पञ्चा¨ निर्णायक समितिले गणितागत अगस्तिको उदयको आधारमा दूर्वाष्टमीको निर्णय गर्ने गरी समाजमा ठूलो भ्रम सिर्जना गरेको छ । यसको आधारमा दूर्वाष्टमीको निर्णय गर्नु नितान्त गलत र अव्यवहारिक हुन्छ किनभने ज्योतिषीय विज्ञानअनुसार ३ अक्षप्रभा (पलभा) रहेको स्थानमा भाद्र २ गते नै गणितागत अगस्त्योदय हुन्छ भने ८ अक्षप्रभा (पलभा) भन्दा माथि भएको स्थानमा असोज ७ गतेसम्म पनि क्रमिकरुपमा अक्षप्रभा (पलभा) अनुसार फरक फरक स्थानमा फरक-फरक मिति र तिथिमा अगस्त्योदय हुने भएकाले सो निर्णयअनुसार एउटै दिनमा सबै स्थानमा दूर्वाष्टमी नहुने र कुनै ठाउ“मा कहिले काही दूर्वाष्टमीको लोप नै हुने हुदा यस्तो विषमपूर्ण अवस्थाका सन्दर्भमा वेदलाई चार विभागमा विभाजित गर्ने तथा महाभारतसमेत १८ पुराणका रचयिता वेदव्यासजी र अन्य ज्योतिषशास्त्रका महान् विद्वान् तथा प्रवर्तक गर्ग, पराशर आदि ऋषिमुनिहरुले सर्वत्र एउटै दिनमा दूर्वाष्टमी मनाउन सकियोस् भनि अगस्त्योदयको सीमारेखा निधारण गरी पौराणिक अगस्त्योदयको आधारमा दूर्वाष्टमीको निर्णय गर्नुपर्छ भनि ज्योतिषशास्त्र र धर्मशास्त्रका अनेक ग्रन्थ र पुराणहरुमा उल्लेख गरेका छन् । त्यो सीमारेखा भनेको भाद्र महिनामा सिंहराशिको २३ अंशमा जब सूर्य भगवान प्रवेश गर्दछन् ।
त्यो दिनदेखि अगस्त्योदय मान्नुपर्दछ । सिंह राशिको २३ अंश भन्नाले भाद्रमहिनाको २४ देखि २६ गतेसम्मको कुनै एउटा दिनमा गणितीय आधारमा पर्ने गर्दछ । त्यसभन्दा तलमाथि हुन सक्दैन । यस सम्बन्धमा निम्न प्रमाणहरु रहेका छन् ।
१) कन्यायामागते सूर्ये अर्वाग्वै सप्तमे दिने । कन्यायां समनुप्राप्ते द्रघ्र्यकालो निवर्तते ।। (भविष्यपुराण उत्तरपर्व अध्याय ११८) कन्या राशिमा सूर्यले प्रवेश गर्नुभन्दा पूर्व अर्थात् कन्या संक्रान्ति (असोज १ गते) भन्दा ७ दिन पहिले अगस्त्यमुनिको उदय हुन्छ र कन्या संक्रान्तिमा अगस्तिमुनिलाई अर्घदिने र पूजा गर्ने काम समाप्त हुन्छ ।
२) आसप्तरात्रोदयमेतदस्य दातव्यमेतत् सकल नरेणा । (मत्स्य पुराण अध्याय ६१ श्लोक ४९) सिंह राशीको २३ आसप्त अंशमा सूर्यले प्रवेश गरेको दिनमा अगस्त्योदय हुन्छ ।
३) आसप्तरात्रादुयया यमस्य दातव्यमेतत् सकलं नरेण । (पद्मपुराण ) सिंह राशीको २३ अंशमा सूर्यले प्रवेश गरेको दिनमा अगस्त्योदय हुन्छ ।
४) प्राप्ते भास्करे कन्यां सति भागे त्रिर्भिर्दिनै : । अघ्र्यंदद्यात् अगस्त्याय मूर्तिं सम्पूज्य वै मुनेः ।। (गरुडमहापुराण अध्याय ११९ श्लोक १) अर्थात् कम्तीमा ३ दिनसम्म कन्यासंक्रान्ति आउनुभन्दा पूर्व अगस्त्यको पूजा गरेर अघ्र्यदान गर्नुपर्छ ।
५) अप्राप्ते भास्करे कन्यां सत्रिभागैः त्रिर्भिः दिनैः । अघ्र्यंदद्यात् अगस्त्याय पूजयित्वा विधाननः ।। (अग्निपुराण अध्याय २०६ श्लोक २) साढे तीन दिनसम्म कन्यासंक्रान्तिभन्दा पूर्व अगस्तिमुनिको पूजा गर्नुपर्छ । उर्पयुक्त अनेक पुराणअनुसार सिंहराशिको २३ अंशमा सूर्यले प्रवेश गरेको समयमा अगस्ति मुनिको उदय हुन्छ भनि वर्णन गरेको पाइन्छ ।
६) संख्या विधानात् प्रतिदेशमस्य विज्ञाय सन्दर्शन मादिशेज्ज्ञः । तच्चोञ्जयिन्यामगतस्य कन्या भागैः स्वराख्यैः स्फुट भास्करस्य ।। (वृहत् संहिताको अध्याय १२) गणितज्ञद्वारा प्रत्येक देशमा दृश्योदयको ज्ञान गरेर विद्वान्हरुले सिंहराशीको २३ अंशमा सूर्यले प्रवेश गरेको समयलाई अगस्त्योदय मान्नुपर्छ ।
७) ज्योतिषशास्त्रको अर्को ग्रन्थ समास सहिताअनुसार ः– सप्तभिरंशै काव्यामप्राप्ते रोम केतु दिवसकरैः । दृश्योऽगस्त्योऽवन्त्यां तत् समपूर्वाऽपरेऽप्येवम् ।। यस श्लोकले पनि सिंह राशिको २३ अंशमा नै अगस्त्योदय हुन्छ भनि देखाएको छ ।
८) सिंहस्य रामनेत्रांशे यदा गच्छति भास्कर ः । तदागस्त्युदयं मत्वा अघ्र्यदद्यात् विधाननः ।। तदन्तरं दूर्वाव्रतं नकर्तव्यं शुभार्थिना ।। (दूर्वाष्टमी व्रत निर्णय) सिंह राशि (भाद्र महिना) को २३ अंशमा सूर्यले प्रवेश गरेपछि अगस्त्योदय हुन्छ । त्यसपछि दूर्वाष्टमीको व्रत गर्नु हु“दैन ।
९) अगस्त्य एव खनमानो धरित्री प्रजामपत्यं बलमीहमानः । उभौ कर्णा वृषिरुग्रे तेजा पुपोषसत्यादेवी बाशिषो जगामः ।। (ऋग्वेद संहिताको मण्डल १, सूक्त १७९, मन्त्र ६ मा उल्लेख भएको उपर्युक्त मन्त्रले अगस्तिको पूजा गरेर अघ्र्य प्रदान गर्नाले मनुष्यका समस्त कामना पूर्ण हुन्छन् भनि व्याख्यान भएको छ । काशीबाट प्रकाशित भएको ऋषिकेश पञ्चा¨ले पनि यसवर्षको दूर्वाष्टमीको व्रत ७ सितम्वर सन् २०२३ तदनुसार सम्बत् २०८० भाद्र २१ गतेमा नै गर्ने भनि निर्देश गरेको छ ।
उपर्युक्त धर्मशास्त्रीय विधान र ज्योतिषीय विज्ञान ग्रन्थसम्मत प्रमाणका आधारमा विश्लेषण गर्दा नेपाल पञ्चा¨ निर्णायक समितिको निर्णयअनुसार वि.सं. २०८० भाद्र ७ गते श्रावणशुक्ल अष्टमी तिथिको दिनमा दिएको दूर्वाष्टमी र गौराष्टमी पर्वलाई मान्यता न दिएर वि.सं. २०८० भाद्र २१ गते भाद्रपद कृष्णपक्षको अष्टमी तिथिको दिनमा दूर्वाष्टमी र गौराष्टमी पर्वका लागि सर्वोत्तम मानक र प्रामाणिक दिन भएकाले यसैलाई मध्यनजर गरी सम्पूर्ण सुदूरपश्चिम समाजमा दूर्वाष्टमी तथा गौराष्टमी पर्वलाई आºनो सांस्कृतिक मूल्य र मान्यताका रुपमा स्वीकार गर्ने यस क्षेत्रका गन्यमान्य विद्वत् समाज लगायत सम्पूर्ण संस्कृतिविद्, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, कर्मचारी, व्यवसायी, राजनीतिज्ञ, पत्रकार बन्धू एवं आम नागरिकहरुमा शास्त्रीय विधिसम्मत् रुपमा भाद्र २१ गतेका दिनमा नै गौरा पर्व मनाउन हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।
साथै सुदूर पश्चिम प्रदेश सरकारलाई पनि भाद्र २१ गतेको दिनमा सार्वजनिक विदाको लागि माग राख्न र अब उपरान्त नेपाल पञ्चा¨ निर्णायक समितिलाई उपर्युक्त धर्मशास्त्रानुसार तथ्यगत आधारमा दूर्वाष्टमीको निर्णय गरी सांस्कृतिक मूल्य मान्यताको सम्बद्र्धन र संरक्षणका लागि सबै महानुभावहरुमा यथोचित सहयोग एवं यस सम्बन्धी यहा“हरुको विशेष प्रतिक्रियाको अपेक्षा गर्दै सम्पूर्ण सरोकारवाला ज्यूहरुमा जानकारीका लागि हार्दिक अनुरोध गर्दछु ।
शोधकर्ता लेखक पं. ताराप्रसाद जोशी ज्योतिषाचार्य, एम.ए. (राजनीतिशास्त्र शात्री )