कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सडकबिनै निर्माण भएका पुल(कल्र्भट) प्रयोगबिहिन भएका छन । सडकको सुनिश्चितता बिनै स्थानीय सरकारले निर्माण गरेका पुल(कल्र्भट) प्रयोगबिहिन भएका हुन ।

एमाले नेता कर्ण हमाल नेतृत्वको अधिल्लो स्थानीय कृष्णपुर सरकारका पालामा निर्माण भएका विभिन्न खोलानालामा निर्माण भएका पुल अहिले प्रयोगबिहिन भएका छन ।

पुल निर्माण भएका स्थानमा सडकको पहुँच र सुनिश्चितता बिनै योजना हालेर निर्माण गरिएका लाखौँ बजेट खर्चिएका पुल अलपत्र परेका छन ।

राज्यको लाखौँ रकम खर्च हुँदा समेत पुल बषौँदेखि निर्माण भएपनि प्रयोगमा नआउँदा स्थानीयलाई पुलको सुविधा भएको छ । गाँउमा पुल निर्माण भएपनि स्थानीय जनतालाई ‘न हर्ष न बिष्मात’ जस्तै भएको छ । दिर्घकालिन अध्ययन भन्दा पनि हचुवाका भरमा योजना छनौट हुँदा पुल निर्माणको औचित्यमा प्रशन खडा गरिदिएको छ ।

आर्थिक बर्ष ०७७÷०७८ कृष्णपुर नगरपालिका ४ जहरी खोला र आर्थिक बर्ष ०७८÷०७९ मा कृष्णपुर नगरपालिका ७ र ८ जोड्ने कुत्ताहा खोलामा निर्माण भएका पुल अहिले नाङगै छन । पुल एकातिर सडक अर्कातिर सडकको कुनै प्रवाह नगरि निर्माण भएका पुल देखेर चौतर्फि आलोचनादेखि स्थानीय बिरोधमा रहेका छन । जहरी खोलाको पुल झण्डै साढे ७ लाख र कुत्ताहा खोलाको पुल १५ लाख, ३ हजार लागतमा खर्च भएको छ ।

कृष्णपुर नगरपालिका ४ बेलकुण्ड शिबिरका स्थानीय अशोक चौधरीले जहरी खोलाका खचुवाको तालमा निर्माण गरिएको पुलको कुनै औचित्य नभएको बताए ।

‘मेरो घर यो पुल भन्दा माथिल्लो बस्तीतिर हो, ‘उनले भने, ‘बजेट पचाउन र विकास देखाउन सडक सुनिश्चितता बिनै पुल निर्माण गरियो, न यो प्रयोगमा आएको छ न पुलले हामीलाई लाभ गरेको छ ।’ पुल निर्माण क्षेत्रमै रहेका स्थानीय जगदिश बोहराले विगतमा नालामा ह्युपाईप रहेको र ह्युमपाईप र जमिनको लेबल नमिल्दा पछि कल्र्भट हालिएको बताए ।

‘बषौँ अघि यहाँ सडक थियो, ‘उनले भने, ‘सिँचाईको कुलोसंगै अहिले माथिल्ला भेग ओलानी,खल्ला ढया, अमरपुर सहित मुक्त कमैया शिबिरका विद्यार्थी एव अन्य नागरिक प्रयोग गर्दै आएका छन ।’

निर्वतमान वडाध्यक्ष तेज ब. रावलले जनताको आवश्यकता अनुरुप उतिबेला कल्र्भट निर्माण गरिएको बताए । ‘हामीले उपभोक्ता समिति मार्फत कल्र्भट निर्माण गरेका हौँ, ‘उनले भने, ‘पुल हालेपछि सडक बन्द भयो ।’ निर्वतमान वडाध्यक्ष रावलले दवावकै कारण पुल निर्माण गरिएको र अहिले बदनाम भईरहेको बताए ।

पुल निर्माण भएको उत्तर र दक्षिणमा जमिनमा नक्सा नभएपनि बषौँ अघि जनताले प्रयोग गरेको उनको दावि छ । कृष्णपुर नगरपालिका ४ का वडाध्यक्ष धर्म बहादुर सिहले दुवैतर्फ सडक सुनिश्चितता बिनै निर्माण भएको कल्र्भटले समस्या निम्त्याएको बताए । जहरी खोला जस्तै कृष्णपुर नगरपालिका ७ र ८ जोड्ने कुत्ताहा खोलामा निर्माण भएको पुल क्षेत्रका स्थानीयले प्रयोगमा नआएको बताए ।

स्थानीय पदम कुँवरले पुल निर्माण कार्य सडकको सुनिश्चितता बिनै निर्माण भएपछि स्थानीयले बिरोध गरेको बताए ।

‘यो पुल निर्माण भएको दुई बर्षवितिसक्यो, ‘उनले भने, ‘टर्निङ प्वाईन्टनिर जमिन सुनिश्चिता छैन ।’ सडकको क्षमता भन्दा ठुलो पुल निर्माण भएपनि स्थानीयलाई कुनै लाभ नभएको उनले बताए । कुत्ताहा खोलामा निर्माण उपभोक्ता समितिका अध्यक्ष रामदत्त भट्टले स्थानीयले जमिन दिन नमानेपछि विवाद भएको बताए । ‘पुल निर्माण कार्य सम्पन्न भयो, ‘उनले भने, ‘उतिबेला सरकारले दायाँबाँया भरान गरिदिएन, त्यसपछि स्थानीय सरकार नै परिर्वतन भयो ।’

कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष घुम्मन रानाले उतिबेलाको स्थानीय सरकारले हचुवा भरमा औचित्यहिन रुपमा ठुलो बजेट हालेर कल्र्भट निर्माण गरेको देखियो । ‘औचित्य र आवश्यकता भएको भए आज स्थानीयले पुल निर्माणमा साथ दिनुपर्ने थियो, ‘वडाध्यक्ष रानाले भने, ‘त्यहाँ काठको पुल हुँदाहुँदै सडक विस्तार नगर्दै पुल निर्माण

गरियो ।’

यसरी सडकको पहुँच, सुनिश्चितता बिनै पुल निर्माण गरेर बजेट दोहन अनियमितता गरिएको भन्दै स्थानीयले छानबिनको माग अघि सारेर कार्बाहीको माग अघि सारेका छन ।

कृष्णपुर नगरका मेयर हेमराज ओझाले जहरी खोला र कुत्ताहा खोलामा पुल कल्र्भट निर्माण कार्य आफ्नो कार्यकालमा नभई अधिल्लो सरकारका पालामा निर्माण भएको बताए । ‘दुवै खोलामा हाम्रो पालना पुल बनेका होईनन, ‘मेयर ओझाले भने, ‘एमाले नेतृत्वको अधिल्लो सरकारले यस्ता विवादित योजना बनाउने, आलोचित हामीले हुनुपरेको छ ।’ मेयर ओझाले सडक सुनिश्चितता बिनै निर्माण गरिएका पुल प्राविधिक दृष्ट्रिकोणबाट समेत राम्रो नदेखिएको बताए । ‘दुवै पुल क्षेत्रका सडक विस्तारका लागि जमिन प्राप्तीदेखि थप योजना ल्याउन जटिलता उत्पन्न भएको छ, ‘मेयर ओझाले भने, ‘दुवै पुल निर्माणमा बदनियत देखियो, कसैले भनेकै भरमा योजना हालेर अहिले औचित्यहिन देखियो ।’ मेयर ओझाले दुवै खोलामा निर्माण भएका पुल संचालनका लागि अहिलेको पालिका सरकार तयार रहेको बताए । ‘यस अघि सडक सुनिश्चितता बिनै निर्माण भएका पुल सचालनका लागि हामी तयार छौँ, ‘उनले भने, ‘आवश्यक स्टेमेट गरेर संचालन गछौँ ।’ उत्तरी भेग छिमेकी गोदाबारी नगरपालिका ओलानी गाँउ सहित कृष्णपुरकै माथिल्ला भेगका जनतालाई सुविधाका लागि योजना बनाईने बताए । ‘मोहना नदीमा पुल निर्माण गर्दै उत्तरी भेगका जनतालाई सिधै हामी नगरपालिका र गुलरिया बजारको पहुँचमा पु¥याउने योजना छ, ‘मेयर ओझाले भने, ‘त्यसका लागि हामीले सडकको पहुँच विस्तारदेखि ईको पार्क, धार्मिक बन सहितका योजना संचालन गरिरहेका छौँ ।’ लिजामा ३५ नम्बर र अधिल्लो सरकारले एकै आर्थिक बर्षमा ९करोड बेरुजु गरेपछी अहिलेको सरकारलाई पालिका तयमा ल्याउनै मुस्किल परेको मेयर ओझाले बताए । ‘अघिल्लो सरकारले गल्ती गरेको छ, भन्दैमा यो सरकार पन्छिदैन, ‘उनले भने,‘हामीले जनताको विकास कार्य अघि निरन्तर बढाउँछौँ ।’ नगर अस्पताल बनाउन जमिन प्राप्ती नहुँदा समस्या भईरहेको समेत उनले बताए । निवर्तमान मेयर कर्ण हमालले स्थानीयको माग र आवश्यकता अनुरुप पुल निर्माण गरिएको बताए । ‘पुल निर्माणमा कुनै अनियमितता गरेको भए सजाय भोक्न तयार छौँ, ‘निर्वतमान मेयर हमालले भने, ‘पुल निर्माण पछि नयाँ सरकार बन्यो, अब अधुरा काम गरिदिनुपर्छ ।’

प्रतिक्रिया दिनुस