कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरका केही स्थानीयले नगरमा रहेका ईटा तथा क्रसर उद्योग मापदण्ड अनुरुप भए नभएको अनुगमन गर्नमाग अघि सारेका छन ।

ईटा तथा क्रसर उद्योग मापदण्ड अनुरुप वा विपरित रहेको अनुगमन गर्दैै कार्बाहीको माग अघि सारेका हुन ।

बुधबार जिल्ला समन्वय समितिलाई डेलिगेशन दिदै मापदण्ड विपरित संचालनमा रहेका ईटा तथा क्रसर उद्योगले अन्नबाली सहित मानव बस्तीमा असर पारेको भन्दै अनुगमन गर्दै कार्बाहीको माग गरेका छन । बेदकोटका स्थानीय नरेश भट्टले पालिकामा बुझाएको ज्ञापन पत्र सहित पालिकाबाट दिएको पत्र जिसस प्रमुख दुर्गा प्रशाद बोहरालाई बुझाएको बताए । पालिकाको ज्ञापन पत्र बुझ्दै जिसस प्रमुख बोहराले ईटा तथा क्रसर उद्योगको अनुगमन गरिने आश्वासन दिए ।

प्रतिक्रिया दिनुस