धनसिह धामी

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारले निर्माण व्यवसायी(ठेकेदार)लाई भुक्तानी नदिए पार्टीले आन्दोलन गर्ने बताएका छन ।

बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधी सभा सदस्य(संसद) समेत रहेका राप्रपा प्रवक्ता शाहीले गत विगतका बर्षहरुमा ठेकेदारले काम सम्पन्न गरेपनि सरकारले उनीहरुलाई भुक्तानी नदिएर अन्याय गरेको बताए ।

ठेकेदारले काम गरे बाफत विभिन्न सरकारी कार्यालयले भुक्तानी गर्नुपर्ने रकम कर्मचारीले कमिसन खानका लागि फिक्स डिपोजिट खातामा राखेको आरोप लगाए ।

‘सरकारी डिजी स्तरका कर्मचारीले ठेकेदारलाई दिनुपर्ने भुक्तानी रकम फिक्स खातामा राखेर त्यस बार्फत बैकबाट कमिसन लिने गरेका छन, ‘संसद शाहीले भने, ‘सोही गैर कानुनी रकम लिएर छोराछोरी विदेश पठाउने परम्परा छ ।’

ठुला भ्रष्टाचारमा लिप्त कर्मचारीको सम्पत्ती छानबिन गर्नुपर्ने राप्रपा सांसद शाहीको भनाई छ । सरकारले शिघ्र निर्माण व्यवसायीलाई रकम नदिए पार्टीले सांसद देखि सडकमा आन्दोलन गर्ने चेतावनी दिए । यस्तै उनले भारतबाट आउने विषादी रोक्न सरकारले पहल नगरे राप्रपाका नेता कार्यकर्ता आफैले सडकमा उत्रिने बताउँदै रोक्ने बताए । कार्यकर्ता प्रशिक्षणका लागि कञ्चनपुर आएका राप्रपा संसद शाहीले कुतियाकबर वाढी प्रभावित क्षेत्रदेखि विभिन्न स्थानको अनुगमन गरेको राप्रपा नेता करन पालले बताए । राप्रपा कञ्चनपुरका सचिव शिसिर थापाले प्रशिक्षण कार्यक्तममा

मौलिक जरोकिलो पाटीबाट समानुपातिक संसदकी उम्मेदवार शाहना कुमारी भण्डारी दर्जनौँले राप्रपा प्रवेस गरेको बताए । कार्यक्रममा राप्रपा सुप प्रदेशका अध्यक्ष धर्मराज जोशी सहितका नेता कार्यकर्ता सहभागि थिए ।

प्रतिक्रिया दिनुस