पुष्कर भट्ट

कञ्चनपुर । गत १ असारदेखि बर्षातका कारण जिल्लाका नदी र खोलामा उत्खनन् कार्य बन्द गरिएको छ । तर, कञ्चनपुरको बेदकोट नगरपालिका ४ मा रहेको बगुन खोलामा गैर कानुनी दोहन भईरहेको छ । खोला नदीनाला बन्द गरिएपनि बगुन, साजगाड लगायतका खोला नदीहरुमा गैर कानुनी रुपमा ग्राभिल, ढुङ्गा उत्खनन् (चोरी, तस्करी) भईरहेको छ ।

टेक्टर धनी, ठेकेदारले नदीखोला तटिय क्षेत्रका स्थानीयलाई प्रयोग गरेर अवैध ढुङ्गा संकलन एव नदीखोला दोहन गर्न लगाईरहेका छन । चुरे भएर बग्ने बेदकोट नगरको बगुन, साजगाड लगायातका आसपासका खोला अहिलेपनि दोहन हुन थालेका छन । पालिकाले टेण्डर खोलेर रोयल्टी संकलन गर्दा मापदण्ड बिपरित उत्ख्नन हुँदा खोला कुरुप बन्नेदेखि गाँउमा वाढीविप्दका घटना निम्तिन लागेका छन ।

जनप्रतिनिधीसंगको मिलोमतोमा खोलानदी उत्खनन् भईरहेको स्थानीयले बताएका छन । स्थानीयले स्वयम वडाध्यक्ष पनि विगतमा ठेकेदार भएकाले उनले पनि अवैध ढुङ्गा सकलन गरेर जम्मा पारेको बताए । आफु संकलन गर्ने आफ्ना मन परेका ठेकेदार तथा टेक्टर धनीलाई केही नगर्ने अरुमाथि अवरोध गर्ने बताए ।

बेदकोट नगरपालिका ४ का ठगुरी टोलका स्थानीय रघुबिर भट्टले जनप्रतिनिधीकै मिलोमतोमा बगुन खोला दोहन भईरहेको बताए । ‘टेक्टरधनी, ठेकेदारले तल्लो तटिय क्षेत्रदेखि लिङ्गाचुरे क्षेत्रसम्मै पुगेर गैर कानुनी रुपमा ग्राभिल र ढुङ्गा संकलन गर्न लगाईरहेका छन, ‘उनले भने, ‘स्थानीयले रोक्न खोज्दा गाँउघरमै झै झगडा हुन्छ ।’

उनले बेदकोट ४ का वडाध्यक्ष नरेन्द्र बोहराले कसै ठेकेदारलाई लैजानदिएको र कसैलाई रोकिरहेको बताए । ‘कटानीको उच्च जोखिममा रहेको यो ठगुरी टोलमा एमडि ग्रुफ निर्माण सेवाले तटबन्ध निर्माण गरिरहेको थियो, ‘उनले भने, ‘वडाध्यक्ष बोहराले तटबन्धको काममा खटिएका टेक्टरलाई रोकेर प्रहरीलाई बुझाईदिए, नजिकै रहेको अर्को तटबन्धमा ढुङगा लग्न दिएका छन ।’ गत विगतकै ढुङ्गा हाल्दा समेत वडाध्यक्षबाट तटबन्ध रोक्ने काम भएको उनले आरोप छ ।

अर्का स्थानीय भान बहादुर महराले चोरीछिनेकेर बगुन खोला दोहन गरेर खोलाकै छेउछाउमा ढुङ्गा राखिएको बताए । ‘यही खोलाका ढुङ्गा निकालेर किनारै राखिएका छन, ‘उनले भने, ‘सरकारले खोला नाला बन्द गरेपनि यहाँ भने धमाधम निकालिरहेका छन, जनप्रतिनिधीले पनि कसैलाई रोक्छन, कसैलाई रोक्दैनन् ।’

बेदकोट ४ बगुन सिद्ध बैजनाथ सामुदायिक वनका अध्यक्ष राजेन्द्र भण्डारीले गैर कानुनी ढुङगा चोरी तस्करी नियन्त्रणका लागि सामुदायिक वनको एक्लो प्रयासबाट समस्या भईरहेको बताए । ‘बगुन खोला दोहन गर्ने टेक्टरलाई हामीले नियन्त्रण लिन खोज्दा उल्टै हामीलाई धम्की आउँछ, ‘उनले भने, ‘सामुदायिक वनबाट रोक्ने प्रयास जारी छ ।’ सिद्धबैजनाथ वनका अध्यक्ष भण्डारीले तटबन्ध क्षेत्र वनको क्षेत्राधिकार नपर्ने भएकाले आफुहरुले सो तटबन्धको काममा बाधा नपु¥याएको बताए । बगुन खोलामा तटबन्ध निर्माणको जिम्मा पाएको एमडी गु्रफले समेत वडाध्यक्षले तटबन्ध निर्माणमा बाधा उत्पन्न गराएको जनाएको छ । एमडी गु्रफका संचालक अमर मल्लले गत विगतकै बर्षका पुराना स्टक ढुङ्गा लिएर तटबन्ध निर्माण गर्दा वडाध्यक्ष नरेन्द्र बोहराले बाधा उत्पन्न गरेको बताए । उनले ७० प्रतिशत काम सम्पन्न भएपनि वडाध्यक्षको अवरोधले काम रोकिएको बताए । कुनै निर्माण व्यवसायीलाई वडाध्यक्ष बोहराले साथ दिने आफ्नो काममाथि अवरोध गरिरहेको मल्लको दुखेसो छ । बेदकोट नगरपालिका ४ का वडाध्यक्ष नरेन्द्र बोहराले आफुले कुनैपनि ढुङ्गा संकलन नगरेको बताए । विगतमा आफु ठेकेदार भएपनि अहिले जनप्रतिनिधी भएकाले ढुङ्गा संकलन गरेर जम्मा नगरेको बताए ।

‘बगुन खोलामा एमएडि ग्रुफले निर्माण गरिरहेको तटबन्धमा समेत मैले अबरोध गरेको छैन, ‘उनले भने, ‘तटबन्धको काममा वडाले कुनै बाधा उत्पन्न गरेको छैन, बरु गैर कानुनी उत्खनन् बिरुद्धमा कम्पनीका दुई टेक्टर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हुँ ।’ नदीको गैर कानुनी दोहन रोक्न आफुले चढ्ने सरकारी मोटरसाईकल समेत प्रहरीलाई दिएर खटाएको उनको जिकिर छ । वडाले स्टल ढुङ्गादेखि गैर कानुनी रुपमा उत्ख्नन गरिएको ग्राभिल जबफ गर्ने वडाध्यक्ष बोहराको भनाई छ । बगुन खोला यसरी दोहन हुन थालेपछि मिलोमतोमा भईरहेको दावि गरिएको छ ।

प्रतिक्रिया दिनुस