कञ्चनपुर । सुदूरपश्चिमकै एक स्थापित शिक्षण संस्था कञ्चन विद्या मन्दिरको व्यवस्थापन समितिका अध्यक्षले अकस्मात राजिनामा दिएका छन् ।

महेन्द्रनगरस्थित सो विद्यालयका अध्यक्ष दुर्गादत्त जोशीले अकस्मात राजिनामा दिएका हुन् ।

केही समययता विद्यालयमा आर्थिक अपचलन भएको सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेकै बेला उनले विद्यालयमा राजिनामा दिएका हुन् ।

जोशीले भने आफू लामो समयदेखि अध्यक्ष रहेको र अब अरुलाई पालो दिने बेला आएकोले राजिनामा दिएको मानसखण्डलाई बताएका छन् ।

‘१५–१६ वर्षदेखि अध्यक्ष थिएँ’ अध्यक्ष जोशीले भने, ‘अब थाकेको पनि महसुस भइरहेको छ ।’तर गम्भीर आर्थिक अपचलनको आरोप

गम्भीर आर्थिक अपचलन सतहमा आउन लागेको बेला जोशीले राजिनामा दिएर उम्कन खोजेको एक विद्यार्थी संगठनका नेताको दावी छ ।

 

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी कञ्चनपुरकाका जिल्ला संयोजक भूवन विष्टले अध्यक्ष जोशी र विद्यालयका प्रमुख समन्वयकर्ता राजकुमार साउँदको मिलेमतोमा करोडौं रकम अपचलन गरिएको आरोप लगाएका छन् ।

 

अपचलनको भण्डाफोर हुनै लाग्दा जोशीले आफ्नो संगठनको दवावमा आएर राजिनामा दिएको विष्टको दावी छ ।

 

विष्ट सो विद्यालयका पूर्वविद्यार्थी पनि हुन् ।

 

‘विद्यालयको २ करोड रुपैयाँ व्यक्तिको नाममा राखेको प्रकरणको हामीले भण्डाफोर गर्न लागेको बेला उहाँले राजिनामा दिनुभएको छ’ विष्टले भने, ‘वचतकर्तालाई ठगेर बन्द रहेको शिवशिखर सहकारीमा जोशी र साउँद सरको नाममा विद्यालयको २ करोड रुपैयाँ राखिएको प्रमाण हामीसँग छ ।’

 

विष्टले व्यवस्थापन समितिको निर्णयका आधारमा गुठी सञ्चालित संस्थाको रकम त्यसरी गैरसरकारी वित्तीय संस्थाको व्यक्तिगत खातामा राख्न कानुनले नदिने दावी गरेका छन् ।

 

‘हामी कञ्चन विद्या मन्दिर जस्तो गरिमामय संस्थाको हितमा काम गर्दैछौं’ संयोजक विष्ट भन्छन्, ‘उहाँहरुमाथि छानविन हुनुपर्छ, सम्पत्तिसमेतमा छानविन हुनुपर्ने मागका साथ हामी अगाडि बढ्छौ ।’आरोप वाहियात भएको दावी विष्टको आरोपलाई अध्यक्ष जोशी र समन्वयकर्ता साउँदले ‘वाहियात’को संज्ञा दिएका छन् ।अध्यक्ष जोशीले आरोपमा कुनै सत्यतता नरहेको र आफूले छानविनमा सहयोग गर्ने बताए ।विद्यालयका प्रमुख समन्वयकर्ता साउँदले पनि विष्टको आरोपलाई मित्थ्या बताएका छन् । ‘विद्यालयको एक पैसा पनि हिनामिना गरेको छैन’ साउँदले भने, ‘त्यसैले आरोपका लाग्दैमा डराउने कारण छैन ।’साउँदले कञ्चन विद्या मन्दिरको प्रगति देखेर डाहा गर्नेहरुले संस्थालाई धरासायी बनाउन खोजेको बताएका छन् । ‘हामीले काम गरेर आज विद्यालयलाई देशकै नमुना बनाएका छौं’ साउँद भन्छन्, ‘छानविन गरेर आरोप सावित गर्न चुनौती दिन्छु ।’मानसखण्डबाट

प्रतिक्रिया दिनुस