बेलडाँडी । ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ ः नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास’ भन्ने मूल नाराका साथ बेलडाँडीसहित नेपालभर अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ ।

 

बेलडाँडी गाउँपालिका कार्यालयको समन्वय र कञ्चन सामुदायिक विकास केन्द्र बेलडाँडीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले युवाहरुलाई दुव्र्यसनीबाट रोक्न सबैको पहलको आवश्यक्ता रहेको औंल्याउदै दिनप्रतिदिन युवा बैदेशिक पलायत हुनुप्रति चिन्ता व्यक्त गरे ।

 

मुलुक निर्माणको अभिभारा युवा शक्तिमा आएकाले हरेक युवा सचेत भएर अघि बढ्नु पर्नेमा जोर दिदै दिनप्रतिदिन युवा विदेश पलायन हुनु दुखुद कुरा भएकाले सरकार, स्थानीय सरकारले ठोस योजना बनाउनु पर्नेमा जोड दिइएको थियो । युवामा लगानी गर्दा कृषि क्षेत्रलाई जोड दिन आवश्यक रहेको औंल्याए । हरेक युवा जोश, जागर भबिष्यप्रति चिन्तनशिल भएमात्र देश समाज बन्ने आशा व्यक्त गरे ।

 

कञ्चन सामुदायिक विकास केन्द्रसंग आवद्ध युवा संजालका संयोजक रिता शाहको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अधिकांस युवाहरुले बेरोजगारीको कारण युवाहरु दुव्र्यसनमा फस्ने गरेको जिकिर गरे । यसको लागि राज्यले रोजगार मूलक कार्यक्रमहरु ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका थिए । खुला सीमाका कारण युवाहरु छिमेकी राष्ट्र भारतको विभिन्न बजारबाट लागूऔषध ल्याएर सेवन गर्ने, बेरोजगारीका कारण युवाले घर छोड्नु पर्ने बाध्यताको अन्त्य गर्न स्थानीय सरकारले युवा स्वरोजगारका कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिएका थिए । जनप्रतिनिधीहरु संगको अन्तरक्रिया कार्यक्रम भएपनि कारण वस पालिका अध्यक्ष उपाध्यक्ष लगायत अन्य वडा अध्यक्षहरुको उपस्थिति नभइदिदा युवाहरुमा नैराशा छाएको थियो ।

 

कार्यक्रममा बोल्दै वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडकाका अनुसार युवा लक्षित कार्यक्रम ल्याउन कताकत छुटेको स्वीकार गर्दै युवालाई छुने कार्यक्रम पालिकाले छिट्टै ल्याउने बताउनु भयो । दिवसको अवसरमा सम्पुर्ण युवाहरुलाई शुभकामना दिदै युवा लक्षित कार्यक्रम श्रृजना गर्न पहल गर्ने जनाउनु भयो ।

 

यस्तै वडा नं.२ का अध्यक्ष नारद सिंह उर्यालले भने खुल्ला सिमानाका बाट आउने ब्राउन सुगर जस्ता लागु पदार्थका कारण युवा कुलतमा फस्न थालेको प्रति चिन्ता ब्यक्त गर्दै यस्ता कृयाकलाप न्युनिकारणका लागि सबैपक्ष लाग्नु पर्ने बताए । युवा स्वरोजगार कार्यक्रमका लागि पालिकाबाट हुने पहल गर्ने बताउनु भयो ।

 

बेलडाँडीका युवाहरुको विषयमा गन्थन गर्ने र युवा लक्षित के कार्यक्रम गर्न सकिन्छ भन्ने उदेश्यका साथ राखिएको अन्तरक्रिया कार्यक्रममा जवाफदेहिता पक्षको कम उपस्थिति भएपछि सरोकारवाला पक्ष चिन्तित बनेका थिए ।

 

युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

 

कञ्चन सामुदायिक विकास केन्द्रकी ब्यवस्थापक गिता राना क्षेत्रीले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा स्वागत मनतब्य कञ्चन सामुदायिक विकास केन्द्रका सामुदायिक प्रशिक्षक टेक बहादुर सुनारले राखेका थिए । भने बेलडाँडी गाउँपालिका वडा नं.२ का अध्यक्ष नारद सिह उर्याल, वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडका, युवा भल्मन्सा पतिराम चौधरी, कञ्चन सामुदायिक विकास केन्द्रका उपाध्यक्ष रोशना थापा मगर, विभिन्न संघसंस्था क्लबका प्रतिनिधीहरु लगायतको उपस्थितिमा भब्य कार्यक्रमको आयोजना गरिएको थियो ।

 

यसै अवसरमा केन्द्रले सबै वडाका सार्वजनिक चोकचौराहमा साताब्यापी सरसफाई कार्यक्रम समेत गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुस