कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली बहुप्राविधिक शिक्षालयमा अप्थाल्मिक साईन्सविवज्ञान) विषय अध्ययन हुने भएको छ । सुदूरपश्चिम प्रदेशमै अप्थाल्मिक विज्ञान विषयको महाकाली बहुप्राविधिक शिक्षालयमा पढाई हुने भएको हो ।

चालु शैक्षिक सत्र ०८० देखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको महाकाली बहुप्राविधिक शिक्षालयमा अप्थाल्मिक साईन्सविवज्ञान) विषय अध्ययन हुने भएको हो ।

चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको सिफारिसमा महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगरमा अप्थाल्मिक विज्ञान पढाई गर्न अनुमती दिएको छ ।

महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल साउदले चालु शैक्षिक सत्रमा अप्थाल्मिक साईन्सविवज्ञान) र हेल्थ असिस्टेण्टका दुई कार्यक्तम संचालनका लागि अनुमती पाईएको बताउँदै, सोही अनुरुप पठनपाठन गरिने बताए । निर्देशक साउदले अप्थाल्मिक विज्ञान पढाईहुने सुपकै पहिलो शिक्षालय हुने बताए । अप्थाल्मिक विज्ञान विषय महेन्द्रनगरमै पढाई हुने भएपछि यहाँका विद्यार्थी लाभान्वित हुने छन ।

प्रतिक्रिया दिनुस