कञ्चनपुर । नेकपा एकीकृत समाजवादी पाटी निकट विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयका जिम्मेबार पदाधिकारी भ्रष्टाचारमा लिप्त हुँदा विश्वविद्यालय धरासायी बनिरहेको आरोप लगाएका छन ।

अनेरास्ववियू कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालयका जिम्मेबार पदाधिकारी भ्रष्टाचारमा लिप्त हुँदा विश्वविद्यालय धरासायी बनिरहेको आरोप लगाएको हो ।

समाजवादी निकट अनेरास्ववियूले विश्वविद्यालय केन्द्रीय कार्यालयबाटै हरेक विषयमा संस्थागत कमिसनदेखि ठुल ठुला आर्थिक लेनदेन भईरहेको आरोप लगाएको छ । निर्माण कार्य, कार्यालय समाग्र्री खरिददेखि हरेक कार्यालयका कामकाजमा व्यवसायी, आपूर्तिकर्ताबाट मोटो रकम कमिसन लिएर काम गराउँने, राजनीतिक, आर्थिक, समाजिक, भेगिय, जातिय क्षेत्रीय आधारमा विभेद गर्ने प्रवृतिले विश्वविद्यालय धरासायी बनिरहेको जनाएको छ ।

अनेरास्ववियु कञ्चनपुरका इन्चार्ज रमेश पन्तले विश्वविद्यालयमा मुख्य जिम्मेबार पदाधिकारीबाटै भ्रष्टाचारको बिजारोपण भईरहेको बताए । इन्चार्ज पन्तले केन्द्रीय सहित आंगिक क्याम्पस, हरेक समाग्री खरिदमा पदाधिकारी र पदाधिकारी निकट व्यक्तिबाट आवश्यक भन्दा पनि अनाश्यक समाग्री खरिद गरेर कमिसनमा लिप्त भएको भन्दै आरोप लगाएका छन । अनेरास्ववियूले नियम विपरित विभागिय प्रमुख, क्याम्पस प्रमुख समेत आर्थिक लेनदेन गरेर नियुक्त गरेको आरोप लगाएको छ ।

१७ साउनमा स्नातक तह छैटौँ सेमेष्टरको माईक्रो सोसोलोजी विषयको प्रशन पत्र त्रृटि गरेको, समायोजनाका नाममा अवैधानिक नियुक्ती गरेको भन्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ ।

अनेरास्ववियुले संस्थागत भ्रष्टाचार हुँदा समेत अख्तियारले सुप विश्वविद्यालयमा छानबिन गर्नुको साटो साथ दिएको दावि गरेको

छ ।

सुप विश्वविद्यालय केन्द्रीय कार्यालयले अनेरास्ववियूले भने जस्तो भ्रष्टाचार नभएको र राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकासित गर्दा गोरखापत्र दैनिकमा सम्झौता भएको जनाएको छ । सुप विश्वविद्यालयका अधिकृत नविन बमले कसै संगठनले पदाधिकारी वा विश्वविद्यालयलाई आरोप लगाउने विषयबारे आफु अनविज्ञ रहेको र राष्ट्रिय दैनिकमा सुचना प्रकासित बाफत कसैले कमिसन नदिएको दावि गरेका छन ।

अनेरास्ववियूले भने स्थानीय पत्रिकामा प्रकासित गर्नुपर्ने सुचना समेत राष्ट्रियमा प्रकासित गरेर मोटो रकम कमिसन देनदेन भईरहेको दावि गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा समेत चरम लार्पबाही भएको भन्दै समाजवादीले गत १८ साउनमा तालाबन्दी गरेको छ । सुप विश्वविद्यालय केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा समाजवादीले तालाबन्दी गर्दै बेथिति बिरुद्धमा संघर्ष जारी राख्ने चेतावनी दिएको छ । यस अघि एमाले निकट अनेरास्ववियू र राप्रपा निकट विद्यार्थीले समेत चालु आर्थिक बर्ष शुरुवात भएकै दिन ताला लगाएको थियो, एमाले निकट अनेरास्ववियूले ताला खोलेपनि राप्रपा निकटले खोलेको छैन । सुप विश्वविद्यालयमा चौतर्फि रुपमा बेतिथि बढिरहेको ठाँउठाँउबाट आरोप लागिरहेका बेला विश्वविद्यालयले यस बारे आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुस