पुष्कर भट्ट 

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशीमाथि निर्घात कुटपिट भएको छ । सोही विद्यालयमा कक्षा १० मा अध्ययनरथ एक छात्राले आफुमाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै शिक्षक बिरेन्द्र जोशीमाथि आरोप लगाएपछि आइतबार विद्यालयमा आन्दोलन भएको थियो ।

विद्यार्थीले शिक्षक बिरेन्द्र जोशीमाथि कार्बाही गर्दै नाराबाजी गरेर ढुङ्गामुढा प्रहार गरेका थिए । भिडको माग अनुरु प्रहरीले शिक्षकलाई कार्यकक्षबाटै हतहडी लगाएर बाहिर ल्याउने क्रममा विद्यालय भन्दा बाहिर एक हुल समुहले शिक्षकमाथि निर्धात कुटपिट गरिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गरिएपछि विद्यालय, स्थानीय, शिक्षकहरुले भत्र्सना जाहेर गरेका छन । कसैले आरोप लगाउँदैनमा त्यो आरोप प्रमाणित नहुँदै भिडको आवाजकै आधारमा प्रहरीले कार्यकक्षबाटै हतकडी लगाएर ल्याउने क्रममा कुटपिट भएको भन्दै चौतर्फि बिरोध भईरहेको छ । छात्रामाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै आइतबार र सोमबार दुवै दिन विद्यालय पठन पाठन मात्रै प्रभावित भएको छैन, शान्ति क्षेत्र विद्यालय रणभूमि बनेको छ ।

विद्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी नियन्त्रणमा विद्यालय भित्रै हतकडी लगाएर शिक्षक जोशीमाथि कुटपिट निन्दनिय भएको जनाएको छ । प्रहरीको भ्यान विद्यालय हाताभन्दा १५० मिटर राखेको र शिक्षकलाई उक्त दुरीभित्र लखेटिलखेटी भिडले ईटाढुङ्गा हेलमेडले कुटनु, पिट्ने कार्यबाट प्रहरी मुखदर्शन बन्नेको आरोप लगाईएको छ । घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

विद्यालयका प्राद्यानाध्यापक कृष्ण सिह बोहराले एक छात्राले आरोप लगाउँदैमा प्रहरी नियन्त्रणमा रहेका शिक्षकमाथि अमानविय हिसाबले कुटपिट गरेको हुँदा विद्यालयका शिक्षक, कर्मचारीको बैठकले विद्यालयमा पठन पाठनको वातावरण नहुँदासम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए । प्रअ बोहराले दुवै घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग अघि सारेका छन । घाईते शिक्षक महाकाली अस्पतालमा उपचार हुन नसकेपछि धनगढीको निसर्ग अस्पतालमा उपचार भईरहेको छ । जोशीको टाउको, पेटमा गम्भिर चोट लागेको प्रअ बोहराले बताए । प्रहरीले विद्यालयमै हतकडी लगाएर शिक्षकलाई लग्ने क्रममा अन्य समुहबाट कुटपिट हुँदा छेक्ने समेत अवस्था नआएपछि कुटपिटबाट गम्भिर घाईते भएको भन्दै विद्यालयले दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजी विष्टले घटनाको सत्यतथ्य बुझ्न समेत शिक्षक, विव्यसलाई वातावरण सृजना समेत नभएको बताए । ‘छात्राले शिक्षक माथि लगाएको आरोप बारे हामी विद्यालय परिवार भित्रै बुझ्न खोज्दा विद्यार्थी आन्दोलित भए, ‘उनले भने, ‘उतिबेलौ मैले प्रहरीलाई हतकडी नलगाउन आग्रह गरे मानेनन्, पछाडीबाट गएको भिडले शिक्षकमाथि निर्घात कुटपिट ग¥यो, दोस्रो दिन विद्यालय व्यवस्थापन समितिको बैठकमा समेत एक हुल समुहले हुलहुज्जत गरेर निष्र्कमा पुग्नै दिएनन् ।’ विद्यालयको बृद्धि विकास देखेर केही तत्वहरु हात धोएर पछाडी परेको बताउँदै अध्यक्ष विष्टले विद्यालयमा पठन पाठनको वातावरण सृजना गरिदिन सबैसंग अनुरोध गरेका छन ।

शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट भएपछि विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक समेतले भत्र्सना जाहेर गरेका छन । नेपाल विद्यालय कर्मचारी परिष्द कञ्चनपुरले समेत शिक्षक समेत रहेका विद्यालय कर्मचारी बिरेन्द्र जोशीमाथि विद्यालय हाताभित्रै कुटपिट गर्ने कार्य निन्दनिय भएको जनाएको छ । विद्यालय कर्मचारी परिष्दले प्रहरीले शिक्षकलाई बन्दक बनाउँदा कुटपिट भएको दावि गरिएको छ । विद्यालय कर्मचारी परिष्दका अध्यक्ष ईन्द्रसिह कार्की र सचिव महानन्द पाण्डेद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घटनामा संलग्नमाथि कानुनी कार्बाही नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिईएको छ । नेपाल शिक्षक संघ कञ्चनपुरका उपाध्यक्ष नविन धामीले प्रहरीले हतकडी लगाएको मान्छेलाई मरणासन्न कुटिएको घटनाको जति भत्र्सना गरे पनि कम हुने बताए ।

‘प्रहरीको नियन्त्रणमा रहेको मान्छे नै सुरक्षित हुदैन भने, यो भन्दा आपत्तिजनक बिषय के हुन सक्छ ?, धामीले भने, ‘यस्तै प्रवृति हो भने अब कोहि सुरक्षित छैन, यस घटनाको निर्मम अनुसन्धान र समीक्षा गर्न जरुरी छ, दोषीलाई हदै सम्मको कारवाही हुनु पर्छ ।’ नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव उत्तम विष्टले प्रहरीकै नियन्त्रणमा भएका बेला शिक्षक कुटिनु अन्यन्तै दुखत भएको बताए । ‘अपराध हुन भने कानुन बमोजिम सजाय पाउँलान र तर यसरी अमानविय तरिकाले ढुङगेशैलीमा कुटिनु निन्दनिय छ, ‘उनले भने,‘दोषिमाथी कानुनी कार्बाही हुनुपर्छ ।’ एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका सचिव डम्बरदत्त जोशीले शिक्षकमाथि यसरी विद्यालयमै प्रहरी आएर हतकडी लगाउने आफ्नै नियन्त्रणामा लिएर कुटपिट गर्दा समेत कुटपिट गर्ने कार्य घोर निन्दनिय भएको बताए । ‘अहोरात्र खटिने शिक्षकलाई अराजक भिडले आरोप लगायो, प्रहरी गएर हतकडी लगाएपछि कुटपिट पनि भयो थप शिक्षकमाथि अन्याय ग¥यो, ‘उनले भने, ‘शिक्षकको गल्ती भए छानबिन होस, तर यसरी अमानविय रुपमा कुटपिट गर्ने कार्य भने निन्दनियछ ।’

विद्यार्थी कुटपिट, छात्रामाथि दुव्र्यवहार जस्ता अनेकन घटनामा शिक्षक मुछिनु अति राजीतिकरणमा शिक्षक लिप्त हुँदा फरक दलका अभिभावक, विद्यार्थीबाट सानो घटनामा मुद्दा बनाएर शिक्षकको समाजिक बेईजतीदेखि जेलसम्म पठाउने प्रवृति दोहोरिरहेको कतिपय अभिभावको विश्लेषण रहेको छ ।

स्थानीय युवा गोकर्ण महराले सरासर प्रहरीकै गल्तीका कारण शिक्षक आईसियूमा पुगेको बताए । ‘प्रहरीले विद्यालयमा सिधै भ्यान लिएर आयो, फेरी फर्कायो, अनि हतकडी हालेर लग्न खोजियो, पछाडीबाट भिडले कुट्दै गए, रोकेको देखिएन, शिक्षकका दुवै हात बाँधिदा उनले पनि छेक्न सकेनन्, यतिसम्म प्रहरीले घटनामा फितलो काम गरेको देखियो ।’ प्रहरीले चाहेको भए भिड नियन्त्रण गरेर सुरक्षित हिसाबले शिक्षकलाई नियन्त्रणदेखि भिडबाट बचाउन सक्ने उनले बताए । छात्रा पक्षले शिक्षक बिरेन्द्र जोशीमाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन । उनीहरुले विद्यालयमै छात्रामाथि यौनजन्य व्यवहार गरेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले छात्रापक्षबाट शिक्षक बिरुद्धमा उजुरी आएको बताए ।

विद्यालयमा उत्पन्न परिस्थित रोक्नकै लागि हतकडी लगाएर ल्याउने क्रममा प्रहरीले बचाउँदा बचाउँदै भिड नियन्त्रण भन्दा बाहिर गएकाले शिक्षकमाथि कुटपिट भएको बताए । ज्ञानको ज्योती फैलाउने विद्यालय दुई दिनदेखि विद्यालय बन्द भएपछि रणभूमिका परिणत भएको छ । आन्दोलनका कारण ६ सय विद्यार्थीको पढाई प्रभावित भएको छ । अभिभावकले दुवै घटनामाथि छानबिन गरेर दोषि उपर कार्बाही गर्नुपर्ने र त्यतिन्जेलसम्म विद्यालय नियमित संचालनमा सुझाव दिएका छन । अभिभावक एव स्थानीयले दुवै घटनाको सत्यतथ्य विषय बाहिर ल्याउन माग अघि सारेका छन ।

प्रतिक्रिया दिनुस