कञ्चनपुर । कुमारी बैंकका ग्राहकलाई बिर बेताल आईटी सोलुसन एण्ड सर्भिसमा १० प्रतिशत छुट दिईने भएको छ । कुमारी बैकका ग्राहकलाई विभिन्न ईलेक्ट्रोनिक समाग्री मर्मतमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर क्याम्पस रोडमा रहेको आईटी सोलुसन एण्ड सर्भिसमा १० प्रतिशत छुट दिईने भएको हो ।

सोमबार कुमारी बंंैक र बिर बेताल आईटी सोलुसन एण्ड सर्भिसविच ग्राहकलाई ईलेक्ट्रोनिक समाग्री मर्मतमा सम्झौता भएको छ ।

कुमारी बैंकका ग्राहकले कम्प्युटर, ल्याफट्अफ, प्रिन्टिर, फोटोकपी मेसिन, सिसिटिभी, ईन्भटर, यूपिएस मर्मत गर्दा १० प्रतिशत छुट दिने सम्झौता भएको हो । कुमारी बैंंकका तर्फबाट महेन्द्रनगर शाखा प्रबन्धक मदनराज पण्डित र बिर बेताल आईटी सोलुसन एण्ड सर्भिसका तर्फबाट संचालक सुरज प्रकास पनेरुले हस्ताक्षर गरेका छन ।

कुमारी बैंंक महेन्द्रनगर शाखा प्रबन्धक मदनराज पण्डितले ग्राहकलाई थप सुविधा दिलाउका लागि बिर बेताल आईटी सोलुसन एण्ड सर्भिससंग सम्झौता गरिएको बताए । उनका अनुसार उक्त सुविधा कर्मचारीलाई समेत हुनेछ । ‘कुमारी बंैंकका ग्राहकले डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा बिर बेताल आईटी सोलुसन एण्ड सर्भिसले १० प्रतिशत छुट दिने छ । बैंंकले ग्राहकलाई नियमित देखि अतिरिक्त सेवा विस्तार गरेपछि ग्राहक समेत हर्षित भएका छन ।

प्रतिक्रिया दिनुस