कञ्चनपुर । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गर्ने भएको छ । पाटी केन्द्रको निर्णय अनुरुप भदौँदोस्रो सातादेखि सुदूरपश्चिममा समेत अभियान संचालन गर्न लागेको छ ।

मंगलबार माओवादी केन्द्र सुुदूरपश्चिम प्रदेश कमिटिको धनगढीमा सम्पन्न भएको प्रदेश बैठकले केन्द्रीय कार्यक्रम अनुरुप प्रदेशमा समेत ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमका ९ जिल्लामा रहेका ८८वटै पालिकामा एकसाथ अभियान संचालन गरिने छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अभियान प्रचार प्रचार व्यवस्थापन समितिका संयोजक ओम विक्रम भाट(सरल)ले पाटी केन्द्रले दिएको जिम्मेबारी अनुरुप अभियान प्रदेशका सबै जिल्ला, पालिका वडाहरुमा एकसाथ शुरुवात हुने बताए ।

‘पाटी केन्द्रले तोके अनुरुप हामीले प्रदेशमा पनि विशेष रुपमै तीन महिने अभियान संचालन गछौँ, ‘उनले भने, ‘अभियानका लागि जिम्मेबारी समेत तोकिएको छ ।’ माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुलाई पालिका अनुरुप नेतृत्व गर्न कमाण्डरको जिम्मेबारी दिएको छ । ८८वटै पालिकामा जिम्मेबारी दिईएको छ । केही पालिका सिङ्गै र टुक्र्राएरै भएपनि जिम्मेबारी दिएको छ । अभियान व्यवस्थापनका लागि खगराज भट्ट र प्रचारप्रसारका लागि ओम विक्रम भाटलाई संयोजकको जिम्मेबारी दिएको छ ।

प्रचारप्रसारमा दिपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा, अंगिता श्रेष्ठ र व्यवस्थापनमा हरिाम चौधरी, त्रिलोचन भट्ट, झपट साउद र रमेश सिह धामी रहेका छन । माओवादी केन्द्र सुप प्रदेश कमिटिले प्रदेशका ९ वटै जिल्लामा रहेका पालिकामा फरक फरक नेताहरुलाई अभियानको नेतृत्वका लागि जिम्मेबारी लिएको छ ।

कञ्चनपुरमा केन्द्रीय सदस्य बिनिता चौधरी, गंगा चौधरी, दिपा चौधरी, झपट साउद, राजेन्द्र साउद, सरु चौधरी, नेप बहादुर चौधरी, कृष्ण कुमार चौधरी, बिरभान चौधरी, गोबिन्द तिम्लिसिना, शंकर खडका, हरि श्रीपायली, कैलाली त्रिलोचन भट्ट, शान्ति विक, दिपक साउद, बिना मगर, निर्मला बडाल, रेणु चन्द, बिमला सिह, झकर साउद, टेकेन्द्र भट्ट, देवीलाल चौधरी, देवराज रेग्मी, मोतिलाल चलाउने, हरिराम चौधरी, तारामान स्वाँर, अक्कल रावल, लोकेन्द्र लम्साल, डडेल्धुरामा रमेश सिह धामी, राम बहाुदर देवकर(रक्तविज), भगत बडुवाल, शिसिह ओली, हरि ज्ञवाली, दल बहादुर धामी, बैतडी माया नेगी, गणेश खत्री, मन्जु बम, मान बहादुर धामी, मासिह माल, भरत धानुक, राम प्रशाद तिम्लिसिना, भक्त ब. विक, नन्दसिह सार्की, अछाममा जंग ब. विक, जर्नादन जोशी, मिन ब. कुँवर, सिद्धराज भाट, ओम प्रकास पुन, प्रकास नेपाली, कुन्ति जोशी, बाजुरामा तिलक परियार, हुकुम साउद, कमला कुमारी शाह, देवकी मल्ल, लक्ष्मण खडका, दार्चुलामा डम्बर ब. घर्ती, नरेन्द्र कुँवर, जमन सिह धामी, भुवनचन्द्र विक, डोटीमा महेश बडुवाल, लक्ष्मीराम आचार्य, शरद सिह भण्डारी, लक्ष्मण दत्त जोशी, डम्बर रावल, गोबिन्द विक, बझाङ्गमा ललित सिह ठगुना, कर्ण ब. विक, विक्रम विक, केशव नाथ योगी, धर्मराज विक, रण ब. कुँवर, लक्ष्मी विक, दर्शनलाई जिम्मेबारी दिएको छ ।

उनीहरुलाई एक वा भन्दा बढि जिल्लाका फरक फरक पालिका जिम्मेबारी दिएको छ । पाटीले दिएको जिम्मेबारी अनुरुप तीन महिने अभियानमा जुट्ने नेताहरुले बताएका छन । नेकपा माअ‍ोवादी केन्द्रका केन्द्रीय सदस्य तथा अभियानका लागि बैतडीको पुचौडी नगरपालिका र दोगडाकेदार गाँउपालिका कमाण्डर खटिएकी माया नेगीले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताईन ।

उनले पार्टी नेतृत्वमा रहेको सरकारले अहिले गरिरहेको कामकाज जनतालाई बुझाउने र जनताको अपेक्षा अनुरुप योजना बनाउन पार्टीलाई सुझाव दिने बताईन । ‘यो देशको दीगो विकास र सम्बृद्धिका लागि माओवादीले गरेको संघर्ष विगतमा प्राप्त गरेको जनमतलाई हामी फर्काउने अभियानमा खट्छौँ, ‘उनले भनिन, ‘पार्टीले सुशासनका पक्ष र भ्रष्टाचार बिरुद्धमा गरिरहेको सम्बृद्धिका कामकाज बारे जनतालाई स्पष्ट बुझाउँछौँ ।’

फिल्डमा गएर नेता कार्यकर्तासंगै जनतासंग समेत छलफल गर्दै मुलुक सम्बृद्धि बनाउनका लागि सुझाव संकलन गरेर अघि बढ्ने आगामी दिनमा सोही अनुरुप योजना संचालन गर्ने उनले बताईन । माओवादी केन्द्रले सुप प्रदेशका गाँउबस्तीमा आगामी मंसिरसम्मै अभियान संचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुस