कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मनाईने गौरा पर्व संघीय राजधानी काठमाण्डौँको टुडिखेलमा समेत रौनक छाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) सहित सुदूरपश्चिम र कर्णालीबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता रमेश लेखक, एमाले नेता दामोदर भण्डारी लगायतसँगै प्रधानमन्त्री प्रचण्ड पनि देउडा खेलेका थिए । सुदूरपश्चिम र कर्णालीको पहाडी र कर्णालीमा मनाइने गौरापर्व पछिल्ला वर्षहरूमा काठमाडौंमा पनि मनाइन्छ । सुदूरपश्चिम र कर्णालीबाट आएर काठमाडौंमा बसेकाहरूले गौरापर्वका दिन टुँडिखेलमा देउडा गाउने र नाच्ने गर्छन । यसपालि पनि मनाए । बिहीबार टुँडिखेलमा गौरा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगे । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल, कांग्रेस नेता रमेश लेखक, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँगै प्रचण्डले पनि देउडा गाउँदै नाचे । गौराका अवसरमा गोलबद्ध भई लोकभाकामा देउडा, धमारी र चैतका माध्यमबाट एक–अर्कामा दुःख, सुख बाँड्ने गरिन्छ ।

सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा उमा महेश्वरसहित दुबोको पूजा गरेर तीन दिनसम्म गौरा मनाइन्छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्णाष्टमीमा मनाइने गौरालाई अँध्यारी भनिन्छ । शक्ति र प्रकृतिका रूपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’लाई अर्पण गरेपछि प्रसादका रूपमा ग्रहण गरेर गौरा मनाउने प्रचलन छ । गौरापर्व मनाउँदा आत्मशान्तिसँगै मोक्ष प्राप्त हुने विश्वास जनमानसमा छ । प्रधानमन्त्री प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वकै रुपमा मनाउनेदेखि विदा दिने घोषणा गरेका छन । प्रधानमन्त्री प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्व मनाएर थप नेपालको लोक संस्कृति धर्मको सरक्षणका काममा सरकार अग्रसर हुने बताए ।

प्रतिक्रिया दिनुस