कञ्चनपुर । मानव बेचबिखन रोकथाम गर्नका लागि कञ्चनपुरका यातायातकर्मीलाई प्रशिक्षण दिईएको छ । माईती नेपालले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा यातायातकर्मीको उलेल्ख भुमिका हुने भएकाले प्रशिक्षण दिईएको हो । माईते नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले यातायातकर्मीलाई एक दिने मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विषयमा अभिमुखिकरण दिईएको बताईन ।

देशका विभिन्न स्थानबाट यस जिल्लाका नाकाहरु हुदैं भारतका विभिन्न शहरहरु लगायत तेस्रो मुलुकसम्म नेपाली महिला तथा बालबालिकाको ओसारपसार एवं बेचबिखन हुने गरेको तथ्यहरु आएकाले समयमै अभिमुखिकरण दिईएको छ ।

कञ्चनपुरको मुख्य सीमानाका गड्डाचौकी हुदैं भारतिय शहरहरु दिल्ली, देहरादुन, हरिद्धार लगायत अन्य ठाउंका लागि दैनिक रुपमा सञ्चालन हुने बस, अटोका चालक, सहचालक तथा परिचालक र विद्यमान पेशागत संघरसंगठनरसमितिका पदाधिकारी, कर्मचारीलाई समेटी प्रशिक्षण छ ।

यातायात साधनको प्रयोग बिना ओसारपसार सम्भव छैन । यो तथ्यलाई नकार्न पनि सकिदैन । चाहे त्यो निजी सवारी साधन होस वा सार्वजनिक नै किन नहोस । प्रथम चरणमा सहभागीहरुलाई मानव बेचबिखन भनेको के हो ? ओसारपसार भनेको के हो ? यिनीहरु बिचको भिन्नता र सम्बन्ध अनि नेपालको कानुनमा रहेको दण्ड सजाय सम्बन्धी व्यवस्थाका बारेमा प्रशिक्षण दिईएको थियो ।

फ्रशिक्षणकै क्रममा राय सल्लाह दिने त्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नेपालका सदस्य रमेश कोलीले भने– “माइती नेपालले सञ्चालन गरेको आजको यो प्रशिक्षण एकदमै राम्रो र प्रभावकारी रहेको छ । मानिसहरु कसरी ओसारपसार हुदो रहेछन् र कसरी बचाउन सकिन्छ भन्ने बारमो बिस्तृत जानकारी पायौं । अबका दिनमा हामी सचेत रहने छौ र यस्ता गतिविधि देखे सुने सम्बन्धित निकाय एवं माइती नेपाललाई खबर गर्नेछौ ।”

महाकाली यातायातका कर्मचारी जयराज पन्तले माइती नेपालले हामी यातायातकर्मीलाई समेटेर यस्तो महत्वपुर्ण कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिए । उहांले सार्वजनिक यातायातका साधन प्रयोग गरि यात्रा गर्ने सबै यात्रुहरु कहांबाट यात्रा सुरु गरि कहांसम्मको यात्रा तय गर्छन र यात्रा सहज कसरी गराउने भन्ने विषयलाई नियाल्ने क्रममा कुनै यात्रु माथि शंका लागेमा त्यस्को जानकारी तत्काल माइती नेपाललाई गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सवारी चालक रमेश खत्रीले लामो समयदेखि मानव बेचबिखन विरुद्ध काम गर्दै आएको सम्मानित संस्था माइती नेपाललाई धन्यवाद दिदैं भने–“हाम्रा यातायातका साधन प्रयोग गरि कुनै पनि छोरीचेलीले कोठीको नारकीय जीवनको यात्रा तय गर्न नपरोस् भनि हामी आफ्नो सवारी साधनमा बसेका छोरीचेलीहरुको हाउभाउ, कुराकानीमा कुनैपनि प्रकारको शंकास्पद व्यवहार देखिएमा माइती नेपाललाई जानकारी गराए ।

माइती नेपालले मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको १७औं दिवसको पुर्वसन्ध्यामा महिला मानव रक्षक सञ्जालको समन्वयमा मानव बेचबिखन विरुद्ध ग्रामिण स्तरमा जनचेतना जगाउन भीमदत्त १६ बसन्तपुर स्थित प्रभात विद्या निकेतनमा पनि विद्यार्थीहरुलाई अनुशिक्षण प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुस