किशोर तामाङ 

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमाले नेता अम्मर सिंह राना माथि जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य अम्मर सिंह राना बिरूद्ध लालझाडी गाउँपालिका वडा नं ३ , नन्द गाउँ बस्ने २२ बर्षीय बेनाम राना (नाम परिवर्तन) ले। आफु माथि डर, धाक धम्की दिई पटक पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरिएको हो।

पिडित रानाले आफुलाई डर धम्की दिई पटक पटक यौन दुव्र्यवहार गरेको बताईन। पटक पटकको जबर्जस्ती करणी पश्चात गर्भ बस्न पुगेपछि रानाले प्रत्यक्ष भेटेर तथा फोन गरेर आर्थिक प्रलोभन देखाउँदै गर्भपतन गर्नु,जबर्जस्ती गरेको कुरा बहिर नलान दवाव दिएको बताउँदै उक्त कुरा बाहिर लगे आफूलाई मार्ने धम्की दिएको पिडित किशोरीले बताएकि छन।

पिडित किशोरी की बुवा रत्ती राना भन्छन “गाउँको विवाद गाउँमै समाधान गर्नुपर्छ, बाहिर लैजानुहुन्न भन्दै निज रानाले निकै दवाव दिएको थियो । तर आफ्नो छोरी माथि भएको जबर्जस्ती करणी जस्तो जघन्य अपराध गाउँमै मिलाउन हुन्न ,गाउँमै दबाएर राख्न खोजियो भने कालान्तरमा यसले नराम्रो असर पार्छ ।’आज मेरो घरमा घटेको छ भोलि कोही अर्को गाउँलेको घरमा घटना दोहोरिन सक्छ भन्दै घटना बारे प्रहरीसम्म जानकारी दिइ मुद्दा दायर गरेको बताए। उनले जवरजस्ती करणीबाट आफ्नो छोरीको मानवीय , मनोवैज्ञानिक, शारीरिक, पेशागत, चारित्रिक, बौद्धिक, सामाजिक, आर्थिक लगायत जीवनको विभिन्न पक्षमा परेका दुरगामी असरलाई ध्यानमा राखी निजलाई कडा भन्दा कडा कारबाही को माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका तर्फबाट दर्ता गरिएको उक्त मुद्दामा मु्लुकी अपराधसंहितामा जबरजस्ती करणी गरेमा हुने सजायका अतिरिक्त सार्वजनिक पद धारण गरी कसुर गरेको भन्दै थप सजाय हुन सक्ने बताउँदै घटनामा संलग्न आरोपीलाई कानुन बमोजिम कारवाही हुन्छ,दर्ता भएको निवेदनलाई कारवाहीको लागि अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएका पीडक अमरसिंह राना २०७४ सालको स्थानीय निर्वाचनमा लालझाडी गाउँपालिकामा वडा नं ३ का नेकपा एमालेकाे तर्फ बाट वडाध्यक्ष पदका प्रत्यासी उम्मेदवार हुन भने हाल उनी नेकपा एमाले प्रदेश कमिटी सदस्य हुन्।

जबर्जस्ती करणी गर्नेलाई नेपालको कानुनमा कस्तो सजायँको व्यवस्था गरिएको छ ?

१० वर्षभन्दा कम उमेरका बालिकालाई जबर्जस्ती करणी गरेमा त्यस लोग्ने मानिसलाई १० वर्षदेखि १५ वर्षसम्म कैद सजायँ हुन्छ ।

१० वर्ष वा सोभन्दा माथि तर १४ बर्षभन्दा कम उमेरकी बालिकालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मानिसलाई ८ वर्षदेखि १२ वर्षसम्म कैद सजायँ हुन्छ ।

१४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरकी बालिकालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मान्छेलाई ६ बर्षदेखि १० बर्षसम्म कैद सजायँ हुन्छ ।

१६ बर्षभन्दा बढी र २० बर्षभन्दा कम उमेरकी महिलालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मान्छेलाई ५ बर्षदेखि ८ बर्षसम्म कैद सजायँ हन्छ ।

२० बर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्नेमान्छेलाई ५ बर्षदेखि ७ बर्षसम्म कैद सजाय हुन्छ ।

प्रतिक्रिया दिनुस