केशव थापा 

कञ्चनपुर । छैठौँ बेलडाँडी खुला फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाजलाई पाईएको छ । अलस्टार युवा क्लबले आयोजना गरेको छैठौं संस्करण बेलडाँडी खुला फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाजलाई पाईएको हो ।

बुधबार समापन खेलमा झिलमिला युवा समाजले सिहपाल युवा क्लबलाई ०का बिरुद्ध ५गोलले पराजित गर्दै उपाधी चुमेको छ ।

सुदूरपश्चिमेलिहरुको महान पर्व गौरा पर्वको उपलक्ष्यमा अल स्टर युवा क्लब बेलडाँडीले १८ भाद्रदेखि २७ गते सम्म संचालन गरेको छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिता समापन गरिएको हो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ छैठौं संस्करण बेलडाँडी खुल्ला फुटबल प्रतियोगिता २०८० को फाइनल खेल सिहपाल युवा क्लब बेलडाँडी–२ र झिलमिला युवा समाज बेलडाँडी ५ बिचको रोमाञ्भएको थियो । प्रतियोगिताको विजेता टिम झिलमिलाले नगद ७५ हजार ट्रफी प्रमाणपत्र मेडल, उपविजेता सिहपाल टिमले ४५ हजार ट्रफी, प्रमाणपत्र ,मेडल पाएका छन । प्रतियोगितामा २० टिमले सहभागिता जनाएको अल स्टार युवा क्लबका सचिव विकास सिह महताले बताए । कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले विजेता टिमलाई पुरस्कार हस्तान्तरण गर्दै गाँउप्रमुख रानाले गाँउको पहिचानका लागि बेलडाँडीको उच्च भूमिका हुने बताए । गाँउ प्रमुख रानाले बेलडाँडी पालिका सरकारबाट खेलकुद विकासका लागि सहयोग रहने समेत बताए । अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरको अध्यक्षतामा भएको कार्यक्तमममा बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना प्रमुख अतिथि रहेका थिए, उपप्रमुख शान्ति नाथ, १का वडाध्यक्ष जग बहादुर विष्ट सहितका जनप्रतिनिधी बिशिष्ठ अथिति रहेका थिए । हरेक बर्ष गौरा महेश्वरी तथा कालिका मन्दिर क्षेत्रमा गौरा पर्वमा हुने फुटबल प्रतियोगिताले उक्त क्षेत्रको खेलकुद विकासमा आयाम थपिरहेको छ ।

प्रतिक्रिया दिनुस