कञ्चनपुर । बलात्कार मुद्दामा नेकपा एमाले कञ्चनपुरका युवा नेता पक्राउ परेका छन । एमाले लालझाडीका प्रभावशाली युवा नेता एव राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेशका सदस्य अमर राना बलात्कार बिरुद्धको मुद्दामा पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले अमर रानालाई पक्राउ गरिएको बताए ।

उनका अनुसार युवतीले दिएको जाहेरीका आधारमा रानालाई पक्राउ गरि अनुसन्धान अघि बढाईएको छ । एमाले नेता राना बिरुद्धमा एक गाँउकै युवतीले जबरजस्तीकरणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

युवतीका दाजुले बहिनीमाथि पटक पटक जागिरदिने प्रलोभन देखाएर अमर रानाले बलात्कार गरेपछि न्यायका लागि प्रहरीमा किटानी दिएको बताए । पीडित युवतीका दाजुले एमाले नेतृत्वमा लालझाडी सरकार भएकाले अमरले आफ्नै पार्टीको नेतृत्वमा स्थानीय सरकार भएको र जागिर लगाईदिने भन्दै बलात्कार गर्दै आएको बताए ।

‘यस अघि अमरले बहिनीलाई प्रलोभन देखाएर बलात्कार गरेर गर्भ नै राखेका रहेछन, ‘पीडितका दाजुले भने, ‘अहिले त बहिनीको जिन्दगी नै बर्बाद पारिदिए ।’ बहिनीले ढिलोगरी घर परिवारमा बताएपछि सोमबार जिल्ला प्रहरी कार्यालयमा अमर राना बिरुद्धमा किटानी दिएको बताए ।

गाँउमा अन्य पाटीका युवा नेता कार्यकर्तामाथि अनेकन आरोप लगाउँदै आएका एमाले नेता अमर आफै बलात्कार काण्डमा मुछिएपछि उनको आलोचना भईरहेको छ । गाँउमै दिदिबहिनी सरह किशोरीलाई पार्टी नेतृत्वको सरकारको हुर्मत दिएर यसरी एमाले नेताले यौन शोषण गरेको देखेर स्थानीय समेत त्रसित भएका छन ।

पीडित किशोरीकी बुवाले गाउँको विवाद गाउँमै समाधान गर्नुपर्छ, बाहिर लैजानुहुन्न भन्दै आफुलाई दवाव दिईरहेको बताए । छोरी माथि भएको जबर्जस्तीकरणी जस्तो जघन्य अपराध गाउँमै मिलाउन हुन्न ,गाउँमै दबाएर राख्न खोजियो भने कालान्तरमा यसले नराम्रो असर पार्ने भन्दै प्रहरीमा उजुरी दिएको बताए ।

उनले जवरजस्ती करणीबाट आफ्नो छोरीको मानवीय , मनोवैज्ञानिक, शारीरिक, पेशागत, चारित्रिक, बौद्धिक, सामाजिक, आर्थिक लगायत जीवनको विभिन्न पक्षमा परेका दुरगामी असरलाई ध्यानमा राखी निजलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन महिला अधिकार, नैतिकता र समाजिक विषयको पाठ सिकाउने एमालेले आफ्नै नेता बलात्कार काण्डमा मुछिएपछि के त्यसलाई मुद्दा बनाउँदा वा आचारण विपरित काम गर्ने कार्यकर्ताको संरक्षण गर्दा त्यो भने हेर्न बाँकी छ ।

एमाले लालझाडीले समेत रानालाई निलम्बन गरेको छ । नेता कार्यकर्ताहरुले आफु यौनलालसामा लिप्त हुने एमाले कार्यकर्ताले बाँच्नकै लागि फरक दलमाथि आरोप लगाईरहेको बताईरहेका छन । जबरजस्तीकरण मुद्दामा कानुनी व्यवस्था यस्तो छ ।

१० वर्षभन्दा कम उमेरका बालिकालाई जबर्जस्ती करणी गरेमा त्यस लोग्ने मानिसलाई १० वर्षदेखि १५ वर्षसम्म कैद सजायँ हुन्छ । १० वर्ष वा सोभन्दा माथि तर १४ बर्षभन्दा कम उमेरकी बालिकालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मानिसलाई ८ वर्षदेखि १२ वर्षसम्म कैद सजायँ हुन्छ ।

१४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरकी बालिकालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मान्छेलाई ६ बर्षदेखि १० बर्षसम्म कैद सजायँ हुन्छ । १६ बर्षभन्दा बढी र २० बर्षभन्दा कम उमेरकी महिलालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मान्छेलाई ५ बर्षदेखि ८ बर्षसम्म कैद सजाय हुन्छ । २० बर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्नेमान्छेलाई ५ बर्षदेखि ७ बर्षसम्म कैद सजाय हुन्छ ।

प्रतिक्रिया दिनुस